कहाँ गए नवलपुरबाट ९२ महिला तथा बालबालिका ?
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार २०:३:३६
मिना कंडेल
२२ मंसिर नवलपुर । पूर्बी नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढेको छ । यो आर्थिक वर्षको चार महिनामा मात्र जिल्लाबाट ९२ महिला तथा बालबालिका हराएका छन ।
गत बर्ष एक सय ८९ महिला, १० बालक र ४२ बालिका गरि दुई सय ४१ जना हराएको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासी अन्तर्गतको महिला सेलले जनाएको छ । तीमध्ये ८१ महिला, ८ बालक र ३० बालिका फेला परेका थिए । यस्तै साउन देखि कार्तिक मसान्त सम्ममा मात्र ६४ जना महिला, १२ बालिका , १३ बालक र ३ जना जेष्ठ नागरिक गरि ९२ जना हराएका प्रहरीले जनाएको छ । ती मध्ये २२ जना महिला ,नौ बालक , आठ बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासी का प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
हराएका मध्ये ५३ महिला ,बालबालिका अझै अज्ञात रहेको बताइएको छ । हराएको सूचीमा सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन् । हराएको भनिने मध्ये अधिकांश महिला र बालिका भागी विवाह गर्ने र अधिकांश बालक परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाड्ने गरेको पाइएको अधिकारीले जानकारी दिए ।
बेपत्ता हुनेमा बालकको अनुपातमा महिला र बालिकाको संख्या बढ्दो रहेको एक तथ्यांंकले देखाएको छ । महिला सशक्तीकरण, बालबालिका बेचविखनविरुद्ध कार्यक्रमले जिल्लामा प्राथमिकता पाउँदा समेत यस्ता घटनाहरुमा भने कमी आउन सकेको छैन । यसले स्थानीय प्रशासन र महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थालाई चुनौती थपेको छ ।
यस्तै बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको बताइन्छ । खुल्ला सीमानाका कारण कतिपय महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेकाले उनीहरु फेला नपरेको बताइएको छ ।
आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेकाले पनि हराउनेको सख्या बढि देखिने गरेको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार