नेटो गठनको ७० औँ बर्षगाँठ मनाउन डेनमार्कमा आयोजित भेला रोकियो
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १२:२:५६
२३ मंसिर एजेन्सी । उत्तर एट्लान्टिक सन्धि संगठन ‘नेटो’ गठनको ७० औँ बर्षगाँठका अवसरमा कोपेनहेगनमा हुनेगरी तय भएको भेलाबारे डेनमार्कस्थित अमेरिकी राजदूतावासले बेखुशी व्यक्त गरेपछि एक्कासी रद्द गरिएको छ ।
डेनमार्कको नेटोसम्बद्ध संस्था ‘डेनिस एट्लान्टिक ट्रिटी एसोसिएसन ‘डाटा’’ का अनुसार सुरक्षा नीति विज्ञहरूका अनुसार वर्तमान अमेरिकी नीतिबारे सीआईएका पूर्व विश्लेषक राजनीतिशास्त्री स्टान्ले स्लोनको अमेरिकाप्रतिको आलोचनापछि डेनमार्कका लागि अमेरिकी राजदूत क्लारा सान्ड्सले भेलाबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।
“हामीले स्लोनले कहिल्यै पनि हाम्रो सम्मेलनमा गैरराजनीतिक तथा लक्षित भाषण दिने कुरा कल्पना गर्नसक्दैनथ्यौँ । त्यसैले उनलाई वक्ताका रूपमा राख्यौँ तर पछि अमेरिकी राजदूतले सम्मेलनमा स्लोनलाई हटाउन आग्रह गरे,” डाटाका महासचिव लार्ज व्यङ्गर्ट स्ट्रुवेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले थपे, “स्लोनलाई वक्ताबाट हटाइएपछि डाटाले सम्पूर्ण कार्यक्रम नै रद्द गर्ने निर्णय लिएको छ ।” फ्रेडेरिक्सवर्ग क्यासलमा आयोजना गर्नेगरी तय भएको भेला आगामी बुधबार शुरू हुने घोषणा गरिएको थियो । कार्यक्रम अमेरिकी सहकार्यमा डाटाद्वारा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार