नेकपाको सचिवालय बैठक : नयाँ सभामुख चयन पहिलो अजेण्डा
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार १८:५५:५८
२३ मंसिर काठमाडौं । कार्यकारी अधिकार प्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रृयता ह्वात्तै बढेको छ । गत मंसिर ५ गते को अगुवाईमा अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई कार्यकारीको पगरी गुथाएका हुन् ।
त्यसपछि हौसिएका प्रचण्ड देश दौडाहामा निस्किए । भर्खरै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा एवं स्थानीय तहको निर्वाचनका बेला प्रचण्डले नै चुनावी कमान सम्हालेका थिए । कार्यकारी अध्यक्षको हैसियतले उनले गत मंसिर १८ गते पार्टी सचिवालय बैठक डाँके । प्रधानमन्त्री ओली सिकिस्त भएर उपचारका लागि अस्पताल भर्ना भएका बेला उनले राखेको सचिवालय बैठकले चुनावी परिणामको समीक्षा ग¥यो । आज फेरि उनले त्यही हैसियतमा सचिवालय बैठक डाँकेका छन् ।
अपरान्ह् १ बजेका लागि बैठक डाकिएको छ । बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा हुनेछ । यसअघि बस्ने सबै बैठक आजको सचिवालय बैठकको अजेण्डा भने ओलीको सहमतिमै प्रचण्डले राखेका छन् ।आज मुख्य गरी प्रतिनिधिसभामा रिक्त सभामुखमा कस्लाई सिफारिश गर्ने भन्ने मुख्य अजेण्डा रहेको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीको रुचि अनुसार पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङ नै संभावित नयाँ सभामुख चुनिने छन् । कृष्णबहादुर महराको राजीनामा पछि रिक्त सभामुखमा नेकपाले दावेदारी नछाड्ने नीति लिएको छ ।
संविधान अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलबाट नियुक्त गर्नुपर्ने छ । उपसभामुखमा पनि अहिले नेकपाकै शिवमाया तुम्बाहाम्फे रहेकी छन् । तर उनले आफूलाई नै सभामुख बनाउनुपर्ने अड्डी लिइरहेकी छन् ।प्रधानमन्त्री ओलीले तुम्बाहाम्फेलाई मन्त्री बनाउने आश्वासन दिंदा समेत उपसभामुखबाट उनले राजीनामा दिएकी छैनन् ।
त्यसैले अब नेम्बाङ वा अरु कसैलाई सभामुख बनाउने क्रममा नेकपा भित्र चर्काे विवाद हुने निश्चित छ । यसअघि नेम्बाङले आफू फेरि सभामुख पदमा जान अनुच्छिुक रहेको सार्वजनिक रुपमै भन्दै आएका थिए । तर केही समययता भने यसबारे उनी मौन छन् । पार्टीले कुनै टिप्पणी नगर्न ह्वीप जारी गरेको भन्दै नेम्बाङ यो प्रश्नको उत्तर दिनबाट पन्छने गरेका छन् ।महरा पूर्व माओवादी काेटाबाट सभामुख बनेका हुन् ।
त्यसैले सो पदमा फेरि पनि पूर्व माओवादी नेता नै रहनुपर्ने तर्क र दवावमा प्रचण्ड पिल्सिएका छन् । तर प्रधानमन्त्री ओली भने अब प्रतिनिधिसभामा संविधान संशोधन लगायत महत्वपूर्ण अजेण्डा लैजाने तयारीमा रहेकाले नेम्बाङ नै सभामुख हुनुपर्ने तर्क गरिरहेका छन् ।
यस विषयमा ओलीले प्रचण्डलाई सहमत गराइसकेको स्रोतले बताएको छ । त्यसैले संभवतः आज बस्ने सचिवालय बैठकले यसबारे टुंगो लगाउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार