दक्षिण सुडानका सभामुखद्वारा राजीनामा
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ मंगलबार ०:१७:६
२३ मंसिर एजेन्सी । सांसदहरूको अत्यधिक दवाव र चेतावनीपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन्।
कार्यकुशलता प्रदर्शन गर्न नसकेको र भ्रष्टाचारविरुद्धको लडाईँमा अवरोधक भएको आरोप लगाउदै राजिनामा गर्न सांसदहरूले दवाब दिएका हुन् ।
स्थानीय सञ्चारमाध्यमहरूले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार सभामुख एन्थोनी लिनो माकानालाई महालेखा परीक्षक र भ्रष्टाचारविरुद्धका प्रतिवेदनहरूलाई संसदमा छलफल गर्न नदिइएको भन्दै राजीनामा गर्न दवाब दिइएको हो ।
उनलाई अफ्रेक्षिम बैंकबाट अनधिकृतरूपमा करोडौँ रुपैँया गलत तरिकाले लिएको आरोप पनि लगाइएको छ । सांसदहरुले उनका विरुद्धमा संकलन गरेको दस्तावेजहरु समेत संसदमा पेश गरेपछि उनले राजिनामा दिनु परेको हो ।
“मैले सत्तारुढ दल एसपीएलएम पार्टीको नेतृत्वको आग्रह अनुसार राजीनामा दिएको हुँ,” दक्षिण सुडान रेडियोलाई सोमबार दिएको अन्तर्वार्ताका क्रममा उनले भने ।
दक्षिणी सुडानमा भ्रष्टाचार अनियन्त्रित भएको बताउने गरिएको छ । सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडान दुई बर्ष अगाडिदेखि गृह युद्धमा फसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार