न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट, ५ जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ मंगलबार १७:२५:३२
२४ मंसिर एजेन्सी । न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अरु ८ जना हराइरहेका छन्।
न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी सोमबार बिस्फोट भएको हो । बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक नै रहेको स्थानीय अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
३४ जनाको सो क्षेत्रबाट सकुशल उद्धार गरिएको छ । ३१ जना अहिले पनि अस्पतालमा छन्, उनीहरुको उपचार जारी रहेको जनाइएको छ । ज्यान गुमाएका पाँच मध्ये तीनजना अस्ट्रेलियन रहेको हुन सक्ने भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिन्ता व्यक्त गरेका छन् । बेपत्ता तथा घाइते भएकाहरुमा अधिकांश अमेरिका, चीन, मलेसिया तथा न्युजिल्याण्डका नागरिक छन् ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मंगलबार पत्रकार सम्मेलन गरी घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।
बेपत्ताहरुको खोजी जारी रहेको छ । तर उनीहरुलाई जीवित उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको बताइएको छ। व्हाकारी समेत भनिने ह्वाइट आइल्याण्ड नर्थ आइल्याण्डको तटीय क्षेत्रमा पर्छ । यो न्युजिल्याण्डको सक्रिय ज्वालामुखी मध्ये एक हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार