मुनाफामा बृद्धि भएपनि सांग्रिला डेभलपमेन्ट बैंकको स्प्रेडदर सीमाभन्दा माथि, लाभांश घट्दो क्रममा
आर्थिक संवाददाता
मंसिर २५, २०७६ बुधबार ५:५२:३९
२५ मंसिर, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद मुनाफामा आकर्षक वृद्धि गरेको देखिएपनि कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी भने ११ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएकाे छ । अघिल्लो वर्ष कर्जा जोखिमवापत धेरै रकम प्रोभिजन गर्नु परेको र अहिले सो रकम करिब २ करोड ४१ लाखले कम हुँदा कम्पनीको मुनाफामा आकर्षक वृद्धि देखिएको हाे ।
कम्पनीको लाभांशको इतिहास:
सांग्रिला डेभलपमेन्ट बैंकको विगत ५ वर्षको लाभांशको ईतिहास हेर्दा लाभांश दरमा गिरावट आएको देखिन्छ । आर्थिक वर्ष ०७०/७१ मा कम्पनीले २१ दशमलव ३ प्रतिशत लाभांश दिएकोमा विगत ५ वर्षमा कम्पनीले लाभांशको दरलाई कुनै वर्षपनि वृद्धि गर्न सकेको छैन । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले प्रदान गरेको लाभांश १० प्रतिशत भन्दा मुनि थियो । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले ४ प्रतिशत बोनस शेयर र ५ दशमलव ४५ प्रतिशत नगद लाभांशसहित ९ दशमलव ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०७५/७६ को लाभांश भने अझै प्रस्ताव गरेको छैन ।
हेरौं कम्पनीको ५ वर्षको लाभांशको ईतिहास:
प्रथम त्रैमास कस्तो आयो ?
सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद मुनाफा ६४ प्रतिशतले वृद्धि भएको छ भने खराब कर्जा १ प्रतिशत भन्दा मुनी राख्न सफल भएको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा ११ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा २४ करोड ५५ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले २७ करोड २६ लाख खुद व्याज आम्दानी गरेको छ ।
खुद मुनाफामा कसरी आकर्षक वृद्धि भयो ?
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ५ करोड ४८ लाख खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा ६४ प्रतिशतको वृद्धि देखिएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष कर्जा जोखिमवापत ९ करोड ७ लाख रकम व्यवस्थापन गरेको थियो भने यो वर्ष खराब कर्जा अनुपातलाई घटाउदै कम्पनीले ६ करोड ६६ लाख रकम मात्र सो शिर्षकमा व्यवस्थापन गरेको छ । जसको फलस्वरूप प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानीमा ११ प्रतिशतको मात्र वृद्धि आउँदा पनि कम्पनीको नाफामा यति धेरै वृद्धि देखिएको हाे ।
प्रतिशेयर आम्दानीमा वृद्धि:
सांग्रिला डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी पनि ६४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैंया ४१ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैंया १३ पैसा थियो ।
जगेडा कोष बढ्यो, संचित मुनाफा घट्यो:
कम्पनीको जगेडा कोष २१ प्रतिशतले वृद्धि भएको छ । अहिले जगेडा कोषमा ५७ करोड ४६ लाख रकम पुगेको छ । संचित मुनाफा भने २२ प्रतिशतले कम हुँदै २० करोड ७९ लाख पुगेको छ । शेयर प्रिमियम शिर्षकमा कुनै रकम छैन ।
निक्षेप र कर्जा प्रवाहमा बैंक सुस्त
सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन ४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह २ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २० अर्ब १४ करोड निक्षेप संकलन गरी १९ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ ।
आधार व्याजदर ११ प्रतिशत माथि :
कम्पनीको प्रकाशित प्रथम त्रैमासिक रिपोर्ट अनुसार कम्पनीको आधार व्याजदर ११ दशमलव २४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा आधार व्याजदर ११ दशमलव ५ प्रतिशत थियो । कम्पनीको वेवसाईटमा उपलब्ध तथ्यांक अनुसार कार्तिक महिनामा कम्पनीको आधार व्याजदर बढेको छ । कार्तिक महिनासम्म आधार व्याजदर ११ दशमलव २८ प्रतिशत पुगेको छ ।
कम्पनी र दोश्रो बजार:
मूल्य आम्दानी अनुपात १४ गुणा:
कम्पनीको मंसिर २४ गतेको बजार मूल्य १४१ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ७६ गुणा आउँछ। कम्पनीको प्रतिशेयर आम्दानीको तुलनामा बजार मूल्य धेरै भएको देखिन्छ ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा र किताबी मूल्य १३० रुपैयाँ ०२ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य १५७ रुपैयाँ हुन आउँछ । यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य १४१ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा थोरैमा कारोवार भएको छ । कम्पनीको मंसिर २४ गतेको बजार मूल्य उसको वास्तविक मूल्य भन्दा प्रतिकित्ता १६ रुपैयाँ सस्तो देखिन्छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात १ दशमलव ०८ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “अण्डर भ्यालुड” क्षेत्रमा देखिन्छ।
स्प्रेड दर ५ प्रतिशत माथि :
नेपाल रास्ट्र बैंकले विकास बैंकलाई २०७७ असार मसान्तसम्म व्याज स्प्रेडदर ५ प्रतिशत कायम गर्नु पर्ने निर्णय संगै सो कुराको “प्रेसर” सांग्रिला डेभलपमेन्ट बैंकलाई पनि पर्ने देखिन्छ । बैंकको अहिलेको स्प्रेडदर ५ दशमलव ४४ प्रतिशत रहेको छ । कार्तिक मसान्तसम्म सो दर ५ दशमलव ३९ प्रतिशत रहेको थियाे ।
निस्कर्ष: कम्पनीले खराब कर्जा घटाएसंगै कर्जा जोखिम व्यवस्थापन शिर्षकमा रकम घटेकोले खुद मुनाफामा वृद्धि देखिएको छ । आधार व्याजदरलाई नियन्त्रण गर्ने बैंकलाई चुनौती थपिएको छ । त्यस्तै घट्दै रहेको लाभांश, मूल्य आम्दानी अनुपात १६ गुणा माथि र प्रतिशेयर आम्दानी १० रुपैया भन्दा कम हुनुलाई नकारात्मक रुपमा लिन सकिन्छ ।
निक्षेप र कर्जालाई आक्रमक रुपमा अघि बढाउँन पनि बैंकलाई चुनौती थपिएको छ । २ प्रतिशत माथि रहेको खराब कर्जालाई १ प्रतिशत भन्दा मुनि झार्नु सकारात्मक रुपमा लिन सकिन्छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार