सभामुखमा शिवमायाको बलियो दाबेदारी
नेपालबहस संवाददाता
मंसिर २७, २०७६ शुक्रबार १४:९:१४
२७ मंसिर काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुुस ४ गते संसद्को हिउँदे अधिवेशन आह्वान गरेसँगै नयाँ सभामुखबारे विभिन्न अड्कलबाजी सुरु भएको छ ।
सभामुख पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले नै दावेदारी गर्ने अवस्था आएपछि धरैले सुभाषचन्द्र नेम्बाङ र अग्नि सापकोटालाई अनुमान गरेका छन् । प्रधानमन्त्री के पी ओलीको रोजाईमा नेम्बाङ परेका छन् भने अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने सापकोटालाई ल्याउनुपर्ने दवाव परेको छ । यस्तो अवस्थामा नयाँ सभामुख चयन थप पेचिलो बनेको छ ।
सभामुख नेकपाले लिने भएपछि संविधान बमोजिम उप सभामुख त्याग्नु पर्ने अवस्था छ । हाल उप सभामुखमा पनि नेकपाकै तर्फबाट चुनिएकी शिवमाया तुम्बाहाम्फे रहेकी छन् । उनले अझै पदबाट राजीनामा दिएको अवस्था छैन । तुम्बाहाम्फेले राजीनामा नदिएसम्म नयाँ सभामुखको निर्वाचन प्रकृया अघि बढ्ने अवस्था छैन ।
आखिर शिवमायाले किन राजीनामा दिन मानिरहेकी छैनन् त ? प्रश्न आफैंमा रोचक छ । यस अघिका सभामुख कृष्णबहादुर महरा यौन काण्डमा फसेपछि राजीनामा दिन वाध्य भएका थिए । महराको कमजोरीको शिकार म किन ? यस्तो प्रश्न शिवमायाले बाराम्बार गर्ने गरेकी छन् । उनको ठिपीको के अर्थ होला र ? भन्ने धेरैलाई लागेको हुन सक्छ । दुई साता अघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा शिवमायालाई मन्त्री बनाउने प्रस्ताव गर्दा पनि उनले टेरिनन् ।त्यसैले सबैलाई अचम्मित पार्दै उनै शिवमाया नयाँ सभामुख चयन भइन् भने धेरैलाई अपत्यारिलो लाग्न सक्ला । तर शिवमाया नै अर्काे सभामुख बन्ने बलियो आधार रहेको छ ।
प्रधानमन्त्री ओलीले भन्दा समेत नटेरेकी शिवमायालाई ओलीको कमजोरीका रुपमा रहेकी राष्ट्रपति भण्डारीको बलियो साथ रहेको छ । त्यसैले उनी ढुक्क छिन् । नयाँ सभामुख अन्ततः मलाई नबनाई सुखै छैन – निकटस्थहरुसँग यसो भन्ने गरेकी छन् शिवमायाले । हुन पनि राष्ट्रपति भण्डारी नै नेकपा भित्रको शक्ति सन्तुलनमा सबैभन्दा प्रभावशाली देखिएकी छन् ।खासगरी प्रधानमन्त्री ओली उनले भनेको कुरा काट्ने गर्दैनन् ।
राष्ट्रपतिबाटै आश्वासन पाएकी शिवमायाले प्रधानमन्त्रीको मन्त्री बनाउने प्रस्ताव अस्वीकार गरेकी हुन् । उता, सुभाष नेम्बाङ पनि यसपाला भने सकेसम्म सभामुख बन्नु नपरे हुन्थ्यो भन्ने चाहन्छन् । त्यसमाथि शिवमाया उनको पारिवारिक नातेदार समेत हुन् । त्यसैले यो विवादमा पर्न उनी चाहन्नन् । तर परिस्थिति भने सहज छैन ।
अब बस्ने संसद् अधिवेसनमा विभिन्न विधेयक पेश गर्न र आवश्यक परे संविधानमा शंशोधन नै गर्नु पर्ने अवस्था भएकाले प्रधानमन्त्री ओली नेम्बाङलाई नै सभामुख बनाउन चाहन्छन् । उप सभामुख तुम्बाहाम्फे भने आज भोलि मै आफ्नो नाममा पार्टीले निर्णय गर्नेमा ढुक्क छिन् ।
विगतदेखिका घटनाक्रम नियाल्ने हो भने शिवमायाले भने जस्तो नहोला भन्ने आधार छैन । त्यसैले अन्ततः उप सभामुख अर्काे दललाई दिने गरी शिवमाया तुम्बाहाम्फेलाई नै नयाँ सभामुख बनाउने संभावना बलियो देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार