नेपाली सेना सवार बस दुर्घटना : ३० जना घाइते
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ शनिबार २१:२९:५०
२८ मंसिर कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् ।
ना ६ ख ४०४ नंको बस आफैँ अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
बसको ढोकाबाट खसेर सहचालकको मृत्यु, चालक पक्राउ
माघ ६, २०८१ आइतबार
प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित
माघ ६, २०८१ आइतबार
खो-खो विश्वकपः पुरुषतर्फ पनि भारतसँग हार्यो नेपाल
माघ ६, २०८१ आइतबार
डोटीमा बिहेको भोज खाँदा ९० जना बिरामी, रगतको नमुना परीक्षण गरिँदै
माघ ६, २०८१ आइतबार
सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि
माघ ६, २०८१ आइतबार