ज्योति विकास बैंकद्वारा टीच फर नेपालसँग सहकार्य
नेपालबहस संवाददाता
पुस १, २०७६ मंगलबार १८:३२:२८
३० मंसिर,काठमाडौं । ज्योति विकास बैंकले टीच फर नेपालसँग सोमबार रु ५ लाख बराबरको आर्थिक सहायतासहितको सहकार्य गर्ने सहमति गरेको छ ।
बैंकले समाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत टीच फर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोगको साथै बैंकले टीच फर नेपालको सहयोगमा बेलाबखत आफ्ना दक्ष कर्मचारीहरुलाई ती विद्यालयहरुमा स्वयंसेवकका रुपमा पठाउने पनि प्रतिबद्धता गरेको छ ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र टीच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
टीच फर नेपालले हालसम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयहरुमा ३०० भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अङ्ग्रेजी लगायतका विषयहरु पढाउँदै आएको छ । दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि योगदान पुर्याइरहेको टीच फर नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको हो ।
समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ र आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३१ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु। २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार