नेस्ले इन्डियाद्वारा नेपालमा “सर्भ सेफ फूड” प्रोजेक्ट शुरु
नेपालबहस संवाददाता
पुस १, २०७६ बुधबार ०:१९:४४
१ पुष, काठमाडौं । नेस्ले इन्डियाले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको छ ।
यो प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५०० स्ट्रीट फूड बिक्रेताहरुलाई तालिम दिईनेछ । यो परियोजनालाई सर्वप्रथम भारतमा सन् २०१६ मा संचालनमा गरिएको थियो जहाँ ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फूड विक्रेताहरुलाई १७ वटा स्थानहरुमा तालिम दिइएको थियो ।
प्रोजेक्ट सर्भ सेफ फूड स्ट्रीट फूड बिक्रेताहरुलाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । यी तालिमहरुले स्ट्रीट फूड विक्रेताहरुलाई डिस्पोजेबल ग्लोभ प्रयोग गर्न र व्यक्तिगत सरसफाईमा ध्यान राख्न सिकाउछ, जसले खाद्यजन्य रोगहरुबाट संरक्षण गर्दछ ।
यो अवसरमा बोल्दै नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले भनिन्, “सफा, सुरक्षित र स्वच्छ खाना मानिसहरुका लागि निकै महत्वपूर्ण छ । हाम्रा स्ट्रीट फूड विक्रेताहरुले उपभोक्ताहरुलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । त्यसकारण ज्ञान र सीपका साथ स्ट्रीट फूड विक्रेताहरुलाई सशक्तिकरण गरे खाद्य सुरक्षाको प्रतिबद्धतामा लामो यात्रा तय गर्नेछौं ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी भन्छन्, “नेपाल एक लोकप्रिय पर्यटन गन्तव्य हो र स्ट्रीट फूड वितरण स्थानीयहरुका लागि रोजगारीको एक महत्वपूर्ण श्रोत हो । यस क्षेत्रमा पर्यटक प्रबद्र्धनका लागि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्षमा नेस्ले इन्डियाले स्ट्रीट फूड विक्रेताहरुको क्षमता वृद्धिका लागि गरेको पहल एकदम महत्वपूर्ण भएको छ । म विश्वस्त छु कि सर्भ सेफ फूड परियोजनाले नेपालको खाद्यान्न सुरक्षा पूर्वाधारको विकास र सुद्ढढीकरणमा सहयोग पुर्याउनेछ ।”
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंहले भने, “स्ट्रीट फूड विक्रेताहरुलाई निपूर्ण बनाउने महत्वपूर्ण पहल हामी नेपालमा शुरु गरिरहेका छौं । यसले स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षा र स्वच्छताको बारेमा सिक्न सक्षम बनाउछ । नेस्ले इन्डियाले नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरिरहँदा हामी निकै उत्साहित छौं ।”
नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक सञ्जय खजुरियाले भने, “नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यका साथ नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड परियोजना शुरु गर्न पाउँदा हामी निकै खुशी छौं । हामीले प्रशिक्षण कार्यक्रमहरुले सकारात्मक व्यवहार परिवर्तन ल्याउनुका साथै स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षा र खाद्य स्वच्छतालाई गम्भीर रुपमा लिन प्रत्सोहान गरेको देखेका छौं । सफा र सुरक्षित खानाले अधिक ग्राहकहरु ल्याउँछ, विक्रेताहरुको जीविका सुधार गर्छ साथै विक्रेताहरुको व्यवसायप्रति आत्मविश्वास बढाउन सहयोग गर्दछ । म आशावादी छु कि सर्भ सेफ फूड प्रोजेक्टले नेपालमा विक्रेता समुदायको क्षमता निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”
नास्भीकी स्ट्रीट फूड प्रोगामकी प्रमुख सुश्री संगीता सिंह भन्छिन्, “सुरक्षित, स्वस्थ र स्वच्छ खाद्यको बारेमा चेतना बढाउनु प्रमुख महत्व हो । हामीले प्रशिक्षण सामाग्री विकास गरेका छौं जसले स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षामा सुधार गर्न सुसज्जित गर्नेछ । यो महत्वपूर्ण उद्देश्य हासिल गर्न सम्पूर्ण सरोकारवालाहरुसँग साझेदारीका लागि हामी उत्साहित छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार