भारतीय अभिनेता श्रीराम लागूको निधन
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १७:१७:१७
२ पुस एजेन्सी । भारतीय अभिनेता श्रीराम लागूको निधन भएको छ । चलचित्र तथा रंगक्षेत्रमा लामो समय सक्रिय रहेका लागूको ९२ को उमेरमा निधन भएको हो । सन् १९२७ को नोभम्बर १६ मा सातारामा जन्मेका लागू पछिल्लो केही वर्षदेखि बिरामी थिए ।
हिन्दी तथा मराठी भाषाका गरी लागूले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनको मंलबार बेलुका पुणेमा निधन भएको परिवारका सदस्यले बताएका छन् । लागूले मराठी, हिन्दी र गुजराती नाटकमा पनि काम गरेका छन् ।
उनले २० भन्दा बढी मराठी नाटक आफ्नो निर्देशनमा मञ्चन गरेका थिए । मराठी रंगमञ्चमा उनलाई २० औँ शताब्दीका सबैभन्दा उत्कृष्ठ कलाकारका रुपमा लिने गरिन्छ ।
लागू लामो समयसम्म चिकित्सकका रुपमा कार्यरत थिए । ४२ वर्षको हुँदासम्म उनले नाक, कान, घाँटी शल्यचिकित्सकका रुपमा काम गरे, त्यसपछि चिकित्सा पेशा छोडेर उनी अभिनयमा लागेका हुन् ।
बाल्यकालदेखि नै अभियनमा रुची भएका लागूले पुणे र मुम्बईमा अध्ययन गरेका हुन् । उनले चिकित्सा अध्ययन गर्दा पनि नाटकलाई भने चटक्क छोडेका थिएनन् । डाक्टरी पेशा गरे पनि उनको मन अभियनमा थियो ।
सन् १९६९ मा उनी पूर्ण रुपले मराठी रंगमञ्चमा जोडिए । ‘नटसम्राट’ नाटकमा उनले गणपत बेलवलकरको भूमिका निर्वाह गरे । सो नाटकलाई मराठी रंगमञ्चमा कोशेढुंगा मानिन्छ ।
गणपत बेलवलकरको भूमिका अति कठिन मानिन्छ । यो भूमिका निर्वाह गर्ने धेरै कलाकार गम्भीर बिरामी परेका छन् । नटसम्राटको यो भूमिकापछि डा। लागूलाई पनि हृदयघात भएको थियो ।
लागूले हिन्दी र मराठी चलचित्रमा धेरै राम्रा भूमिका निर्वाह गरेका छन् । सन् १९७७ मा आएको चलचित्र घरौंदामा मिस्टर मोदीको भूमिकामा देखिएका उनको सो अभियन अहिले पनि प्रिय छ ।
घरौंदाका लागि उनले फिल्मफेयरमा सर्वोत्कृष्ठ सहअभिनेताको अवार्ड पाएका थिए । उनले सिंहासन, सामना, पिंजडा जस्ता मराठी चलचित्र तथा चलते–चलते, मुकदरका सिंकन्दर, सौतन, लावारिस जस्ता हिन्दी चलचित्रमा काम गरेका छन् ।
लागूको आत्मकथा लमाण अति चर्चित छ । अभिनेता नसरुद्दीन शाहले उनको सो आत्मकथा कुनै पनि कलाकारका लागि ‘बाइबल’ सरह रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार