पीपीएल क्रिकेट : चितवनद्वारा धनगढी पराजित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ४, २०७६ शनिबार १:३०:११
![](https://nepalbahas.prixacdn.net/media/albums/Chitwan-Butwal-11_bttYJCtvsb.jpg)
४ पुस कास्की । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले आफ्नो अविजित यात्रालाई कायमै राखेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो तेस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तीन खेलमा जीत हासिल गरेर अङ्क तालिकामा छ अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भयो ।
खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभर पूरै खेल्दै पाँच विकेटको नोक्सानीमा १८१ रनको विशाल योगफल तयार गरेको थियो । अघिल्लो दिनको खेलमा पराजित धनगढी आजको खेल जित्नका लागि १८२ रनको लक्ष्य पछ्याउने क्रममा पूरै ओभर खेलेर आठ विकेट गुमाउँदै १२९ रनमा समेटियो ।
धनगढीको शुरुआति ब्याट्सम्यान सुभेन्दु पाण्डे सन्नी पटेलको बलमा पहिलो ओभरको पहिलो बलमानै आउट हुन पुग्नुभयो भने तेस्रो क्रममा ब्याटिङमा आएका श्रीमान्था विजयारत्नसमेत दोस्रो बलमा नै पेभिलियन फर्किएपछि धनगढी दबाबमा आएको थियो ।
चौथो क्रममा ब्याटिङमा आउनुभएका कप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ४९ ले रन जोडेर धनगढीको इनिङ्स माथि उकास्नुभएको भने शुरुआति ब्याट्सम्यान रोड्रिगो थोमसले २० बलमा २४ रन जोड्नुभएको थियो । सन्दीप जोराले २१ बल सामना गर्दै २१ रन जोडे भने अविजित रहँदै १९ बलमा १७ रनको योगदान दिए ।
चितवनका भुवन कार्कीले चार ओभर बलिङमा तीन विकेट लिँदै २३ रन खर्चिनुभयो । करण केसी र सन्नी पटेलले समान दुई विकेट लिएका थिए । ‘म्यान अफ दी म्याच’ चितवनका आरिफ शेख अविजित रहँदै २० बलमा चार छक्का र दुई चौकाको मद्दतमा ४७ रन जोड्नुभयो भने बाबर हायातले २८ बलमा ३६ रन तथा सन्नी पटेलले १७ बलमा ३२ रन जोड्े ।
धनगढीका दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान दुई÷दुई तथा अमित यादवले एक विकेट लिएका थिए । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मंसिर २९ गतेबाट भइरहेको प्रतियोगितामा शनिबार काठमाडौँ गोल्डेन वारियर्स र विराटनगर टाइटन्सकाबीचमा खेल हुने आयोजकले जनाएको छ । पुस १२ गते हुने प्रतियोगिताको फाइनलमा विजेता रु २७ लाख तथा उपविजेता रु १० लाख पुरस्कार पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार