साना उद्योग प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छु : मुख्यमन्त्री शाही
नेपालबहस संवाददाता
पुस ५, २०७६ शनिबार १२:२०:३४
४ पुस सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना लगानीका उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेको बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आज राजधानी सुर्खेतमा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार कृषि नवीनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव २०७६’ कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले औद्योगिक क्षेत्रको विकासले रोजगारी र आर्थिक समृद्धिमा सघाउ पुग्ने बताए ।
“कर्णालीमा ठूला लगानीका उद्योग सञ्चालन गर्न सकिएको छैन,” उनले भने, “साना लगानी उद्योगीलाई सस्तो ब्याजमा बजेट उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।” यसले यहाँका उद्योगीहरुलाई प्रोत्साहन मिल्ने र उत्पादन वृद्धि गर्ने विश्वास मुख्यमन्त्री शाहीको थियो ।
प्रदेश सरकारको बजेटले मात्र ठूला पूर्वाधार निर्माण गर्न कठिन हुने बताउँदै उनले अगाडि भने, “कर्णालीको भूगोल, पूर्वाधारको अवस्था हेर्दा अन्तर्राष्ट्रिय लगानी आवश्यक छ । सुर्खेतलाई ‘स्मार्ट सिटी’को रुपमा विकास गर्न चिनियाँ कम्पनीलाई प्रदेश सरकारले पत्राचार गरेको छ ।” सरकारका आन्तरिक बाध्यताका कारण जनअपेक्षित काम नभए पनि अब तीनै तहका सरकारले आ–आफ्नो कार्य क्षेत्रमा रहेर काम गर्नुपर्नेमा उनको जोड थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले लघु उद्यमीले देशको शिर ठाडो पारेको दाबी गरे । अध्यक्ष गिरीले भने, “कर्णाली जडिबुटी र पत्थर खानी हो । तिनको प्रशोधन गर्ने उद्योग स्थापना गर्न जरुरी छ ।”
कर्णालीको जडिबुटी सस्तोमा बेचेर अहिले महंगोमा औषधि, तेल किन्ने परिस्थितिको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । चन्दननाथ नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश प्राकृतिक स्रोतले सम्पन्न भएकोले यहाँ उपलब्ध स्रोतलाई यहीँ उपयोग गर्ने गरी उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ विरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार