क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार २२:२८:४१
६ पुस एजेन्सी । क्युवाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्नेगरी सिमित अधिकारसहित चार दशकपछि प्रधानमन्त्री नियुक्त गरेका छन् ।
राष्ट्रपति केनलले लामो समयसम्म पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका मारेरो क्रुजलाई शनिबार पाँच वर्षका लागि प्रधानमन्त्री नियुक्त गरेको क्युवाको समाचार संस्था एसीएनले जनाएको छ ।
क्युवामा फिडेल क्यास्ट्रोपछि मारेरो प्रधानमन्त्री बन्नुभएको हो । क्यास्ट्रोले सन् १९७६ डिसेम्बरमा राज्यपरिषद्को प्रमुख भएपछि क्युवामा प्रधानमन्त्रीय प्रणालीलाई अन्त्य गर्दै आफू राष्ट्रपति बनेका थिए। एसीएनले भनेको छ, “क्रुजको नियुक्तिलाई क्युवाको नेशनल एसेम्लीको शनिबार बसेको बार्षिक अधिवेशनको अन्तिम बैठकमा सभाका ५९४ सदस्यहरूले एकमतले अनुमोदन गरेका छन् ।
क्युवाको कानून अनुसार कुनै पनि नयाँ नियुक्तिलाई सदर गर्न सभाको पूर्ण बहुमत आवश्यक पर्ने व्यवस्था रहेको छ ।यसैगरी शनिबारको बैठकले नै उपप्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यलाई पनि जिम्मेवारी दिएको छ ।
क्युवामा केनल राष्ट्रप्रमुख रहेका छन्, भने भूतपूर्व राष्ट्रपति तथा शक्तिशाली नेता राहुल क्यास्ट्रो कम्युनिष्ट पार्टीको प्रथम मन्त्री छन् । उनीहरूबीच नै सरकार सञ्चालनको वास्तविक शक्ति निहित रहने गर्छ ।
क्युवाले तत्कालिन राष्ट्रपति फिडेल क्यास्ट्रोको पालामा प्रधानमन्त्रीलाई हटाएर मन्त्रीपरिषद् राष्ट्रपतिप्रति नै जिम्मेवार रहने कानूनलाई संशोधन गर्दै सन् २०१९ को फेब्रुवरीमा भएको राष्ट्रव्यापी मतदानद्वारा नयाँ संविधान निर्माण गरिएको थियो । यसै अनुरूप प्रधानमन्त्रीको नियुक्ति भएको हो ।
नयाँ सविधानमा पनि क्युवामा एक दलीय राजनीतिक व्यवस्थाको कल्पना गरिएको छ । यहाँको एक मात्र दलका रूपमा कम्युनिष्ट पार्टी रहेको छ र यसैको निर्देशनमा सरकारको नीति निर्माणको मार्गदर्शन हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार