अफगानिस्तानमा अमेरिकी सैनिक मारिएको पेन्टागनको पुष्टि
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १९:२:४८
८ पुस एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ ।
अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार आएको थियो । उनको आइतबार मृत्यु भएको बताइएको थियो । ती सैनिकको कर्तव्य निर्वाहका क्रममा आइतबार निधन भएको पेन्टागनले सोमबार पुष्टि गरेको वासिङ्टन डिसीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
सोमबार अफगानिस्तानको एक समाचार संस्था ‘टोलो न्युज’ले अफगानिस्तानमा अमेरिकी सेना मारिएको समाचार सम्प्रेषण गरेको थियो । पेन्टागनद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार आइतबार अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा जारी कारबाहीका क्रममा ती सैनिक घाइते भएका र पछि उपचारको क्रममा सोमबार उनको ज्यान गएको बताइएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नीतिमा कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका कुनै पनि देशका सदस्यहरुको नाम २४ घण्टासम्म सार्वजनिक नगरिने भएकाले मारिने ती अमेरिकी सेनाको नाम पनि सार्वजनिक गरिएको छैन ।
कुन्दुजमा अमेरिकी सैनिकको के कसरी मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको पनि पेन्टागनले जनाएको छ । उता तालिबानका प्रवक्ताले भने आफूहरुको कारबाहीका क्रममा अमेरिकी सैनिक मारिएको बताएका छन् । तीन हप्ता मात्र पहिले अफगानिस्तानको लोगार प्रान्तमा दुई अमेरिकी सैनिकको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।
यस वर्ष अफगानिस्तानमा कर्तव्य निर्वाहका क्रममा मृत्यु भएका अमेरिकी सैनिकहरूको सङ्ख्या २० पुगेको छ । अफगानिस्तानमा अहिले करिब १४ हजार अमेरिकी सैनिक छन् । नेटो सैन्यअन्तर्गत हाल अफगानिस्तामा रहेका सेनाले अफगान सेना तथा यहाँको समग्र सुरक्षा बललाई तालिम दिने, सल्लाह दिने र सहयोग गर्ने काम गर्छ ।
सन् २००१ मा अफगानिस्तानबाट तालिबानहरुको शासन हटाएपछि अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको नेतृत्व गर्दै आएको छ । अमेरिकाले यहाँ आतंकवाद विरोधी अभियान सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार