शे–फोक्सुण्डो र जगदुल्लामा ‘एक घर एक व्यवसाय’ सञ्चालन
नेपालबहस संवाददाता
पुस ९, २०७६ बिहिबार ०:१२:२
९ पुष, जाजरकोट । ‘एक घर, एक रोजगार’ कार्यक्रम लागू भएपछि डोल्पाका दुई स्थानीय तहका बासिन्दा खुशी भएका छन् । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा ‘एक घर एक व्यवसाय’ कार्यक्रमले स्थानीयवासी खुशी भएका हुन् ।
पचास प्रतिशत स्थानीय सरकार र ५० प्रतिशत स्थानीयवासीले रकम पठाउने सर्तमा सो कार्यक्रम लागू गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । स्थानीयवासीले आफूले रोजेको व्यवसाय गर्नका लागि स्थानीय सरकारले व्यवसाय गर्ने व्यक्तिको बैंक खातामा आधार रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताए ।
यो कार्यक्रमअन्तर्गत आठ सय पाँच घरधुरीलाई ‘एक घर एक रोजगारी’ उपलब्ध गराएको उनले बताए । व्यापार, सीपमूलक कार्यक्रम, पशुपालन र ढुवानी सेवा जस्ता व्यवसाय स्थानीयवासीले सञ्चालन गरेको उनको भनाइ छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु डेढ करोड बजेट विनियोजन गरी काम शुरु गरिएको छ ।
त्यस्तै जगदुल्ला गाउँपालिकाले ‘एक घर एक व्यवसाय’ कार्यक्रमको थालनी गरेको छ । आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरूको आर्थिक जीवनस्तर माथि उठाउन गाउँपालिकाले यो कार्यक्रम लागू गरेको हो ।
पहिलो चरणमा जगदुल्ला गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले बताउनुभयो । गाउँपालिकाका १९० घरधुरीले पशुपालन, ३१४ घरधुरीले कृषि र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने गरी कूल रु पाँच करोड ६० लाख बराबरको रकम योजनाका लागि विनियोजन गरी स्थानीयवासीलाई रोजगारी उपलब्ध गराएको रोकायले बताए ।
पहिलो चरणमा वडा नं ४ का प्रत्येक घरधुरीलाई दुई वटा चौँरीगाई र बाख्रापालन गर्नेलाई १२ वटा स्थानीय सरकारले नै अनुदानस्वरुप प्रदान गरेको हो । दुई चौँरीगाई अनुदानमा लिनेले एक अनिवार्य किन्नुपर्नेछ भने १२ वटा बाख्रा अनुदानमा लिइनेले आठ वटा कृषकले अनिवार्य किन्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको छ । स्थानीय सरकारले पहिलोपटक कृषकको चाहनाअनुसार नै अनुदान दिएकाले सरकारको अनुदान कुनै पनि हालतमा खेर नजाने स्थानीयवासी भीमबहादुर बस्नेतले बताए ।
उनले भने, “यो हाम्रा लागि सुनौलो अवसर हो स्थानीय सरकारले हाम्रै लागि लगानी गरेको हो, हामीले सो गाउँपालिकाको सपना जसरी नी परिणाम ल्याउने गरी काम गर्छौं । ” दुर्गम गाउँमा अर्थ अभावकै कारण रोजगारी नपाएका तथा बेरोजगार बसेका युवा तथा स्थानीयलाई सहयोग पुगेको छ । अहिले गाउँपालिकाको रकमबाट स्थानीयवासी व्यवसाय गरेर आम्दानीको बाटो कुरेर बसेको स्थानीयवासी कर्णबहादुर रोकायाले बताए ।
हिमपातका कारण सडक निर्माण रोक
शे–फोक्सुण्डो गाउँपालिकाले चाइनाको नाकाबाट प्रशासकीय केन्द्र साल्ताङका लागि सडक निर्माण कार्य शुरु गरेको छ । भारी हिमपातका कारण २८ किलोमिटर सडकमध्ये सात किलोमिटर सडक खनिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताए । उनले भने, “ हिमपातका कारण अहिले सडक निर्माण कार्य रोकिएको छ, चैतदेखि सडक निर्माणको काम शुरु हुन्छ ।” सडक निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन गरी काम शुरु गरेको उनले बताए ।
नगरपालिकाले आफ्नै डोजरबाट सडक निर्माण कार्य थालेको हो । चाइनाबाट नजिक पर्ने भएकाले गाउँपालिकाको प्रशासकीय केन्द्रमा सडक छिटो पुग्नेछ । गाउँपालिकामा कर्णाली प्रदेशबाट सडक निर्माणका लागि रु तीन करोड रकम विनियोजन गरिएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार