हुन्डाई भेन्यु डिजिटल अभियानका विजेताहरुको नाम घोषणा
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार २२:४६:३४
१४ पुष, काठमाडौं । नेपालका लागि हुन्डाई अटोमोवाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । हुन्डाई भेन्युको प्रवद्र्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगिहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७१६ प्रतियोगिहरुले सहभागिता जनाएका थिए । अत्याधिक प्रतिक्रिया प्राप्त गरिएको अभियानका विजेताहरु लक्की–ड्र बाट छानिएको हो ।
स्पट भेन्यु एक खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा ंआफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नु पर्ने थियो । सो पोष्टमा अनिवार्य रुपमा #Hyundai Venue, #International Destination (सिंगापूर/मलेसिया/थाइल्याण्ड/दुबई ) र #Domestic Destination मा ( पोखरा/चितवन/नगरकोट/धुलिखेल) उल्लेख गर्नु पर्ने थियो । लक्की ड्र मार्फत छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जित्न सफल भएका छन् ।
त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिता अन्तर्गत प्रतियोगिहरुले नेपाल भरि रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । सबै प्रतियोगी मध्ये बसन्त कुमार श्रेष्ठ, सुमन राज रिजाल र ईन्द्रबहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन् । बिजेताहरुले आफ्ना जोडिका लागि पोखरा/चितवन/नगरकोट/ धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् ।
हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा भव्यताका साथ विक्री वितरण सुरु गरिएको थियो । सुरुवातकै छोटो अवधिमा हुन्डाई भेन्युले अटोमोवाइल बजारमा आफ्नो वर्चस्व कायम गरेको छ । अटोमोवईल बजारमा निकै राम्रो पकड भएको हुन्डाई भेन्युले हालै आयोजित आई. सी. ओ. टि. वाई ९ क्ष्ऋइत्थ्० २०२० को अन्तर्गत भारतीय कार अफ दि ईयर अवार्ड पनि प्राप्त गरेको छ । यस विधामा पुरष्कृत हुने भेन्यु हुन्डाईको छैटौं मोडेल बन्न पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार