ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार २२:१५:४
२२ वैशाख, काठमाडौं । नेकपा एमाले र नेकपा एसबीच दिन दिनै तिक्तता बढेको छ । फागुन २१ पछि सत्तामा सँगै रहेका दुई दलबीचको तिक्तता बढेपछि सुदूरपश्चिम प्रदेश सरकार धरापमा परेको छ । विश्वासको मत नलिँदै यो सरकार धरापमा परेको हो । एमालेसँग हरेक ठाउँमा नेकपा एसले बार्गेनिङ गर्न थालेपछि एमालेले सो प्रदेशमा एसलाई पनि अल्झनमा राखेको हो । एमालेले नेकपा एसलाई तत्कालै विश्वासको मत नदिने भएको छ । जसका कारण सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने सन्दर्भमा दोस्रो पटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो । सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले एमालेले असहयोग गरेको जनाएको छ । यतिबेला एमाले संसदीय दलका नेता नै काठमाडौं आइपुगेका छन् । आज प्रदेश सभाको बैठक बस्ने भएपनि उनी काठमाडौं आइपुगेका हुन् । शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं आइपुगेका हुन् ।
सोडारीलाई पहिलोबाट नै एमालेले असहयोग गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस १९ सिट, माओवादी ११ सिट, एमाले ९, नागरिक उन्मुक्ति पार्टी ७ सिट, नेकपा एकीकृत समाजवादी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी १, स्वतन्त्र १ सिट छ । सत्ता गठबन्धनबाट माओवादी, एमाले, एकीकृत समाजवादी र नाउपाले सोडारीलाई सहयोग गरेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक हुन्छ । यदि एमालेले सहयोग नगरे सोडारीले विश्वासको मत पाउने छैनन् । यतिबेला सुदुरपश्चिममा एमालेले एक सीट थप गरेको छ ।
यो घटनाक्रमले गठबन्धनमा दरार उत्पन्न भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदमा गृहमन्त्री रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेको छ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सर्वसाधारण बचतकर्ताको अर्बौं ठगेर फरार भएपछि उनकै साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनै पर्ने कांग्रेसको अडान छ । मलेसियामा लुकेका जीबीलाई नेपाल ल्याउन गृहमन्त्री रवि तयार नभएको कांग्रेसको आरोप छ । तर, संसदीय समिति बनाउन सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाका नेता तयार छैनन् । यस्तो परिस्थितिमा नेकपा एसले सत्ता गठबन्धनसँग निहुँ खोजेको छ । सत्ता गठबन्धनभित्र किचलो र विवादका बीच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले विश्वासको मत पाउने सम्भावना क्षीण हुँदै गएको छ ।
सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्दादेखि चिढिएको एमाले र नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक तिक्तकाका कारण एक महिनामै सोडारीको बहिर्गमन हुने सम्भावना बढेको हो । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तत्काल नै सरकार विस्तार गरेर विश्वासको मत लिने प्रक्रियामा जाने योजना बनाएका थिए । तर, एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेपछि मुख्यमन्त्री सोडारीलाई पहिलो गाँसमै ढुङ्गा लागेको थियो । अहिले विश्वासको मत पनि नदिने भन्दै संसदीय दलका नेता रावल काठमाडौं हिँडेपछि समस्या झन गहिरिएको छ ।
बझाङमा नेकपा एकीकृत समाजवादीले एमाले हराउन भूमिका खेलेको एमाले नेताहरूबीच आरोप छ । पराजित भएको भए नेकपा एकीकृत समाजवादीकै कारणले त्यो अवस्था सृजना हुन सक्ने उनीहरुको बुझाइ थियो । बझाङमा समाजवादीले एमालेलाई सहयोग गर्ने आँकलन गरेको थियो । तर नेकपा एस एक्लै चुनाव गएपछि एमालेले त्यही बेलादेखि एसलाई नोटिसमा राखेको जनाएको थियो ।
यतिमात्र होइन केही दिन यता शीर्ष तहमै आरोप प्रत्यारोप पनि चल्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै पूर्व महासचिव रहेका माधव नेपालबीच आरोप प्रत्यारोपले पनि परिस्थिति जटिल बन्दै गएको छ । कुनै पनि प्रचण्डले गठबन्धनमा अर्को उथलपुथल आउँछ भन्ने अभिव्यक्तिलाई माधव नेपालले उथलपुथल ल्याउने नेता प्रचण्ड मात्र नभएको टिप्पणी गरेका थिए । त्यसको लगत्तै माधव नेपालले ओली लक्षित पनि टिप्पणी गरेका थिए । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ, नेपालले ओली लक्षित टिप्पणी गर्दै वैशाख १७ मा यस्तो टिप्पणी गरेका थिए ।
त्यसको जवाफमा ओलीले शनिवार मात्रै अहिले पनि तपाईंहरूले देखिराख्नु भएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्या छ, पोल्या छ भतभत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरूले मन पराएका छैनन् भन्ने कस्तो नथापाको भन्दै नेपाल लक्षित टिप्पणी गरेका थिए । ‘मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ ? कसले रिस गर्यो ? किन रिस गर्यो ? हामी अहिले एउटा अभियानमा छौं, यो देश प्रधानमन्त्री हुन मात्रै हो, प्रधानमन्त्री हुन हर्याकहर्याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्न तिर लाग्नुपर्यो’, ओलीले शनिवार मात्रै यस्तो अभिव्यक्ति दिएपछि समस्या चर्किएको मात्र होइन दुई पार्टीबीचको तिक्तता पनि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार