स्कूल बन्यो अब पढाई बनाउनुस– पूर्वप्रधानमन्त्री नेपाल
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार २३:४५:२८
१७ पुष, काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।
भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा निर्मित २२ कोठे अत्याधुनिक भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । यो भवनसँगै एशियाली विकास बैंकको ऋण सहयोगमा काठमाडौंमा बन्नुपर्ने ११ वटै भवनको निर्माण सम्पन्न भएको छ ।
विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुनर्निर्मित भवनमा विद्यार्थी भरेर उनीहरुलाई टिकाउने र सिकाउने जिम्मा विद्यालयको भएको बताए । विद्यालयको भवनमात्रै ठूलो तर, कक्षाकोठा खाली नहोस्, नेपालले भने– जसरी नयाँ भवनमा कुनै खोट छैन त्यसरी नै विद्यार्थी संख्या र शिक्षण सिकाईमा पनि कुनै खोट हुनु भएन ।
सरकारले विद्यालय भवन, शिक्षक दरबन्दी, पाठ्यपुस्तक, तालीम, छात्रवृृत्ति दिइरहेको अवस्थामा अब सामुदायिक विद्यालयहरुले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याएर टिकाउँदै सिकाउँदै तह पार गर्नुपर्नेमा उनले जोड दिए । बालबालिकालाई किताबको घोकन्ते सिकाईभन्दा माथिल्लो स्तरको जीवनउपयोगी सीप र प्राविधियुक्त सिकाई दिन आग्रह गर्दै पूर्वप्रधानमन्त्री नेपालले सिकाईलाई खेलकुद, गीतनृत्य र स्विमिङसँग जोड्नुपर्ने बताए ।
स्कूल बन्यो अब पढाई बनाउनुस्– नेपालले भने, बालबालिकालाई कान समातेर होइन माया गरेर सिकाउनुस् । आगामी दिनमा शिक्षकले पढाएको अनुगमन गर्न सुटुक्क कक्षाकोठामा आउने उद्घोष गर्दै उनले बालबालिकालाई स्कूल आउँ–आउँ लाग्ने बनाउन आग्रह गरे । विद्यालयलाई प्रविधियुक्त सिकाईका लागि सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंका प्रमुख अर्जुन रायमाझीले नयाँ बनेको विद्यालय भवनमा विद्यार्थी भर्न र गुणस्तरीय शिक्षा दिन स्थानीय सरकार र विद्यालयसँग आग्रह गरे । नयाँ भवनको संरक्षण र सुरक्षालाई ध्यान दिन आग्रह गर्दै रायमाझीले विद्यार्थी आकर्षित हुनेगरी सिकाइ सुधार्न शिक्षकहरुसँग आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले नयाँ भवनमा नयाँ शिक्षा दिने प्रतिबद्धता जनाए । भवन नहुँदा यसकै मात्र चिन्ता रहेपनि अब सिकाई सुधारको चिन्ता मात्रै बाँकी रहेको भन्दै उनले प्रविधियुक्त सिकाईका लागि सहयोग गर्न सरोकारवालाहरुसँग आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार