जमिन बाँझो राख्नेलाई सरकारले निगरानी गर्ने :- मन्त्री अर्याल
नेपालबहस संवाददाता
पुस १७, २०७६ शुक्रबार १:३८:११
१७ पुष, स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जमिन बाँझो राख्नेलाई सरकारले निगरानी गरिरहेकाे बताएकी छिन् । जग्गाजमिन बाँझो राखेर सरकारलाई सहयोग नहुने भन्दै मन्त्री अर्यालले माटो सुहाँउदो खेती लगाउन आग्रह गरिन् ।
गण्डकी प्रदेश स्तरीय प्रथम क्यानोनीङ, सुन्तला तथा साँस्कृतिक महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री अर्यालले होमस्टेमार्फत मुलुकलाई समृद्धिको आधारतर्फ लैजानुपर्ने बताएकी छन् । मुलुकको विकासका लागि होमस्टे संचालन गर्दै समृद्धितर्फ उन्मुख हुनुपर्नेमा उनकाे जोड थियाे । उत्पादनलाई जोड दिदै होमस्टे संचालन गरेर अगाडी बढाउन सकियो भने सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपाली नार सार्थक हुने मन्त्री अर्यालको भनाई छ ।
मुलुकलाई अब आर्थिक सम्पन्नतासगँ जोड्नु आवश्यक छ, मन्त्री अर्यालले भनिन्,“माटो सुहाउदो खेती र होमस्टेलाई प्रथामिकता दिनुपर्छ ।” सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि पनि उत्पादन र होमस्टेलाई प्रथामिकतामा राख्नु पर्छ मन्त्री अर्यालले भनिन् ।
सरकार नागरिकको शिक्षा, स्वास्थ्यलाई प्रथामिकतामा राखेर काम गरिरहेको छ मन्त्री अर्यालले भनिन्,“नागरिकले पनि मुलुकलाई समृद्ध बनाउन सहयोग गर्नुपर्छ ।”
सुन्तलाबारी होमस्टेले परिचित रहेको वालिङ ४ एलादी खाल्डे गाँउले होमस्टेमार्फत गाँउको परिचय दिन सफल भएको प्रति मन्त्री अर्यालले प्रंशसा गरिन् । होमस्टेको बाँकी पुर्वाधार बनाउन आवश्यक रहेमा सरकारले सहयोग गर्ने प्रतिवद्धता मन्त्री अर्यालको छ । क्यानोनीङ खेललाई महत्व दिएर आयोजना गरिएको महोत्सवले बाह्रय र आन्तरिक पर्यटक भित्राउन सहज हुने भन्दै मन्त्री अर्यालले खेलको अन्य पुर्वाधार बनाउन सरकार तयार रहेको बताईन् ।
कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहन रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँण, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्, नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, वडा नम्वर ४ का वडा अध्यक्ष रनध्वज गुरुङ्, नेपाली कांग्रेसका वडा सभापति हरिकिशन गुरुङ, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, स्याङ्जा क्यानोनीङ तथा पर्यटन प्रवद्र्धन समितिका संयोजक मोहन खनाल लगायतका बक्ताहरुले बोलेका थिए ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको यो महोत्सवले एलादी गाँउ मात्रै नभएर वालिङ नगरपालिकालाई चिनाउने काममा सघाउ पुग्ने बताएका थिए । सुन्तलाबारी होमस्टेका अध्यक्ष डीलबिक्रम गुरुङ्को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत खेमराज गुरुङ र संचालन यामकान्त खनालले गरेका थिए । महोत्सव १७ देखि २१ गते सम्म संचालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, धमाधम फाइल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार