बम बिष्फोटका योजनाकार आदम राइन पक्राउ गर्ने सई धनुषाबाटै किन खेदिए ?
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार २३:२:३६
१८ पुष, जनकपुर । २२ दिन अघि धनुषाको महेन्द्रनगरमा भएको बम बिष्फोटका मुख्य योजनाकार मानिएका आदम राइन पक्राउ परेका छन् । सरकारद्धारा प्रतिबन्धित नेकपा विप्लव समुहका केन्द्रिय सदस्य रहेका राइनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम टोलीले गत पुष १६ गते यदुकुवा क्षेत्रबाट पक्राउ गरेको बताइएको छ ।
तर आश्र्चयको कुरा के छ भने सो बम काण्डका अभियुक्तलाई पक्राउ गर्न रातदिन नभनी खटिने कमाण्डर भने भोलिपल्टै धनुषाबाट खेदिएका छन् । विप्लव समुहको नेटर्वक ध्वस्त बनाउन मरिमेटने जिप्रका धनुषाका क्राइम टोली ईन्चार्ज सई सन्तोष झा भने प्रदेश प्रहरीको आदेशमा त्यहाँबाट लखेटिएका हुन् ।
मोष्ट वाण्टेडको सुचीमा रहेको व्यक्तिलाई पक्राउ गर्ने प्रहरीलाई पुरुस्कृत गर्नुपर्नेमा उल्टो प्रदेश डीआईजीले काज सरुवा गरेर कारवाही स्वरुप खेदेपछि यतिबेला धनुषाका प्रहरीहरु नै अचम्मित भएका छन् । हालसम्म पक्राउ बारे प्रहरीले सार्वजनिक जानकारी दिन नचाहानुले डीआईजी प्रद्युम्न कार्कीको विप्लव समुहका नेता आदम राइनसँग विशेष सम्बन्ध त थिएन भन्ने आशंका प्रहरीभित्रैबाट उब्जेको छ ।
गत मंसिर २७ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित ३ जनाको मृत्यु भएको थियो ।
बम विष्फोटमा परेर घरमुली राजेश साह र आनन्द साह र प्रहरी निरीक्षक दाहाल समेतको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए । घटनापछि मुख्य योजनाकार मानिएका नेकपाका नेता आदम राइनसहित ९ जनालाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको थियो ।
राइन पक्राउ परेको धनुषा प्रहरीले आधिकारिक जानकारी नदिए पनि स्रोत अनुसार अभियुक्त आदमलाई पक्राउ गर्न सफल भएको स्रोतको दाबी छ । प्राप्त जानकारी अनुसार आदमलाई प्रहरीले पुस १६ गते नै राति पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार