राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै
नेपालबहस संवाददाता
पुस २०, २०७६ आइतबार १५:५८:१८
जमुना वर्षा शर्मा / रासस
२० पुस चिप्लेढुङ्गा । ‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका १५ महिला उद्यमीले नेपाली सिसाकलमको उत्पादन गरेर बजारमा ल्याएका हुन । उत्पादनले अहिले राम्रो बजारमा राम्रो स्थान पाएको छ ।
शिक्षण पेशामा आवद्ध महेश्वरी पराजुलीले १० वर्ष लामो शिक्षण पेशा छाडेर सिसाकलम उद्यमशीलतातर्फ अग्रसर भएका हुन्। पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन उनका श्रीमान् सचित पराजुलीले युट्युबबाट जानकारी लिएपछि उद्योगका लागि सल्लाह दिएका थिए। खेर गएको कागजलाई पुनःप्रयोग गरेर सिसाकलम बनाउन सकिने जनाइएको छ ।
चीनबाट रु १३ लाखमा सिसाकलम बनाउने उपकरण ल्याएर महेश्वरीले उत्पादन गर्न थाले। पछि एक्लैभन्दा दिदीबहिनीको समूहबाट व्यवसाय सञ्चालनले धेरै दिदीबहिनी उद्यमशील हुने र आर्थिक रूपमा पनि सवल हुनसक्ने भन्दै उनले १५ जना महिलाको समूह बनाएका थिए ।
हाल विन्ध्यवासिनी दिदीबहिनी समूहको नामबाट सञ्चालित नेपाली सिसाकलम उद्योग पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीमा रहेको छ । समूहका १५ सदस्यले रु ५०÷५० हजार रकम लगानीबाट उक्त उद्योग सञ्चालन ल्याएको महेश्वरी जानकारी दिए। उनले भने, “महिला सधैँ निकै परम्परागत पेशामा मात्र सीमित भएका छन्, अब केही फरक तरिकाबाट महिला उद्यमशील हुनुपर्छ । सधैँ एउटै तालीमभन्दा प्रविधिमैत्रीदेखि लिएर नयाँ–नयाँ तालीममा महिला जोडिनुपर्छ ।”
हाल समूहका आठ जना उत्पादन लागि नियमित खटिदै आएका छन् । दैनिक एक हजार बढी उत्पादन हुने सिसाकलमको एक प्रतिको रु १० र दर्जनको रु १०० मा बिक्री वितरण हुँदै आएको महेश्वरीले जानकारी दिए ।
पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको स्टल नं १३ मा हाल उक्त सिसाकलमको बिक्री वितरण भइरहेको छ । नियमित सम्पर्क र एकचोटी प्रयोग गरेकाले पुनः प्रयोग गर्ने भएकाले उत्पादनको माग राम्रो भएको सञ्चालकमध्येकी एक लक्ष्मी पौडेल लामिछानेले बताए । “हामीले अहिले स्टेशनरीलाई उपलब्ध गराएका छैनौँ । यो आकर्षक देखिँदैन तर एकदम बलियो छ, यसलाई विद्यार्थीमा विस्तारै बानी पार्ने अभ्यासमा हामी छौँ ।”
सिसाकलममा प्रयोग हुने ‘लिड’ भारत र चीनबाट आयात गरिँदै आएको र पत्रपत्रिकाचाहिँ स्थानीयरूपमै उपलब्ध हुने गरेको उनले जानकारी दिए । फेभिकोल ९गम० र पत्रिकाले सिसाकलमको लिडलाई बेरेर बनाइन्छ । मेशिनको काम कम र हातको काम बढी हुने भएकाले मेहेनत बढी पर्ने अर्की सञ्चालक शान्ति अधिकारीले बताए।
नेपाली सिसाकलमको उत्पादनदेखि नै आफ्नो बालबालिकालाई प्रयोग गर्दै आउनुभएकी पोखरा महानगरपालिका वडा नं ३ की मीना शर्माले ‘राम्रो लेख्ने, छिटो नभाँचिने’ भएकाले यसको प्रयोग गराउँदै आएको बताए । उनले भने, “यो वातावरणमैत्री पनि छ र बलियो पनि छ, अर्को कुरा हामीजस्तै अभिभावकले स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ ।”
कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं महिला उद्यमी हीरा भट्टराईले आर्थिक समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता भएकाले स्वदेशी र स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउछन् । “हामी समृद्धि चाहान्छौँ भने स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नु पर्छ । आकर्षक सामानको पछि लाग्ने र स्वदेशी सामानप्रति विश्वास नगर्ने कतिपय नेपालीको बानीले साना–साना कुरामा पनि परनिर्भरता बढाएको छ ।”
उनले पोखरेली दिदीबहिनीले उत्पादन गरेको नेपाली सिसाकलमलाई ‘ब्राण्डिङ’ गर्न सके करोडौँ रकम बाहिर जानबाट रोक्न सकिने बताए । उनले वातावरणमैत्री र स्वदेशी सिसाकलम प्रयोगका लागि विद्यालयले समेत प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
नेपाली सिसाकलमको प्रचार–प्रसार गर्न सके र यसको महत्वलाई उजागार गर्न सके भारत एवं चीनबाट आयात हुने सिसाकलमलाई नेपाली बजारले छिट्टै विस्थापन गर्न सकिने विश्वास भट्टराईको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार