बङ्गलादेशका पूर्वप्रधान न्यायाधीशलाई अदालतद्वारा पक्राउ गर्न आदेश
नेपालबहस संवाददाता
पुस २०, २०७६ सोमबार ४:१८:५२
२० पुस एजेन्सी । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीससहित १० जनालाई पक्राउ गर्न आदेश दिएको छ ।पक्राउका लागि आदेश दिइएका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हा सहित १० जनाले झण्डै पाँच लाख अमेरिकी डलर बराबर घुस घाएको बङ्गलादेशी अभियोजनकर्ताहरूले जनाएका छन् ।
“ती सबै जना न्यायालयबाट भागेका अधिकारी हुन्,” अभियोजनकर्ता कुर्सिद अलाम खानले एएफपीलाई बताए । सिन्हाले पदमा रहँदा आर्थिक अपचलन गरेको र एक बैंकबाट अर्को गर्दै सम्पत्ति शुद्धिकरण गरेको आरोप छ ।
सिन्हाले सरकारविरोधी हुनेगरी न्यायिक स्वतन्त्रताको पक्षमा महत्वपूर्ण फैसला गरेको आरोप छ । उनीमाथिको आरोपले चर्कोरूप लिएपछि सन् २०१७ को अन्त्यतिर बङ्गलादेशबाट पलायन भै उत्तर अमेरिकामा रहँदै आएका छन् ।
मुसलमान बहुल राष्ट्र बङ्गलादेशमा सिन्हालाई हिन्दू भएको कारण उनको विश्वशनीयतामाथि आक्रमण गर्दै आर्थिक अपचलन गरेको आरोप प्रतिपक्षी तथा अधिकारवादी समूहहरूले लगाउने गरेका छन् । सिन्हा हिन्दू समुदायबाट बङ्गलादेशको प्रधानन्यायाधीश बन्ने पहिलो व्यक्ति छन्।
सिन्हाले नेतृत्व गरेको अदालतका अन्य न्यायाधीशले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीसँग काम गर्न नसक्ने भन्दै विरोध जनाएपछि बङ्गलादेशको सर्वोच्च अदालतले सन् २०१७ मा अदालतको अभ्यासमा दुर्लभ मानिने विज्ञप्ति जारी भएपछि देशबाट पलायन भएका थिए ।
सिन्हामाथि उक्त आरोप लाग्नुभन्दा पहिले उनले संसदले सर्वोच्च अदालतका उच्च अधिकारीलाई वर्खास्त गर्ने प्रावधानलाई एक आदेशद्वारा खारेज गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार