ज्योति विकास बैंकको शाखा ७७ जिल्लामा : उपमेयर खड्गी
नेपालबहस संवाददाता
पुस २१, २०७६ मंगलबार ०:१४:५४
२१ पुष, काठमाडैं । काठमाडौंको व्यापारीक क्षेत्र मध्येको एक महत्वपूर्ण स्थान मानिने गोगंबुमा ज्योति विकास बैंकले आजबाट नयाँ शाखा संचालनमा ल्याएको छ । त्यस क्षेत्रमा व्यापार व्यसाय गर्दै आएका व्यापारी एवं बैंकमा काराेबार गर्ने सर्वसाधारणलाई सहज कारोबारको व्यवस्था मिलाउने उद्देश्यले सो शाखा आजबाट औपचारिक उद्घाटन गरी संचालनमा आएको बैंकले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबुस्थित बैंकको नयाँ शाखाको समुद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले गरेकी थिइन् । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारी, ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गीले बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी अघि बढ्न महानगरपालिका इच्छुक रहेको जानकारी दिइन् । साथै उपमेयर खड्गीले ज्योति विकास बैंकले आगामी दिनहरुमा देशभर शाखा सञ्जाल फैलाउँदै ७७ वटा जिल्लाका जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताइन् ।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले विगतका दिनमा झैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझै सरल र सहज रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गरे। साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि खडा गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समाज हितको लागि विभिन्न क्षेत्रसँग सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरे।
यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताए । साथै उनले बैंकिङ्ग सेवा मार्फत समाजमा सकरात्मक परिवर्तन ल्याउने कार्यमा ज्योति विकास बैंक लागिरहने जानकारी दिए । उद्घाटन समारोहमा बैंकका संचालकहरु, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३२ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु।२७ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
यादव नेतृत्वको जसपा संसदीय दलको बैठक आज
बैशाख २५, २०८१ मंगलबार
चन्द्रपुरमा मोटरसाइकल चोरको बिगबिगी
बैशाख २५, २०८१ मंगलबार
अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु
बैशाख २५, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग छलफल गर्न उपप्रधानमन्त्री यादन पुगे बालुवाटार
बैशाख २५, २०८१ मंगलबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार