इराकका संवेदनशील स्थानबाट फर्काइँदै नेपाली
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार १४:३४:२
२५ पुस काठमाडौं । इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्किने भएका छन्।इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखडामा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ। यसैबीच अमेरिकाले इराकमा रहेको आफ्नो दूतावासका उच्च अधिकारीलाई स्वदेश फर्कन निर्देशन दिएको छ भने त्यहांँ कार्यरत नेतालीलाई पनि स्वदेश फिर्ता पठाएको जनाएको छ।
अमेरिकी दूतावास तथा अमेरिकी सैन्य अखडामा कार्यरत नेपालीसहित आठ सय विदेशी नागरिकलाई दूतावासले फिर्ता पठाएको अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ। स्वदेश फर्काइएका विदेशी नागरिकहरू दूतावास तथा सैन्य अखडामा सहयोगीका रूपमा कार्यरत थिए।
बग्दादस्थित अमेरिकी दूतावासले उनीहरूलाई हवाई टिकट तथा एक महिनाको थप तलबसहित फिर्ता पठाएको हो। दूतावासले इराकमा कार्यरत नेपालीलाई पाकिस्तानस्थित नेपाली दूतावाससँग समन्वय गरेर स्वदेश फिर्ता गरेको हो। पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्सालले इराकमा रहेको अमेरिकी दूतावास तथा सैन्य अखडामा कार्यरत नेपालीहरू शुक्रबारसम्म नेपाल आइपुग्ने जानकारी दिनुभएको छ।
अमेरिकी दूतावास तथा सैन्य अखडामा झन्डै दुई सयको हाराहारीमा नेपाली कार्यरत रहेको र त्यहांँको अवस्था हेरेर बाँकीलाई पनि स्वदेश फर्काइने सम्भावना रहेको छ। इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरे पनि नेपाली नागरिक भने सुरक्षित छन्।
कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले इराकमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी सञ्चारमाध्यमलाई गराउनुभएको छ। नेपालको परराष्ट्र मन्त्रालयले पनि पर्सियन खाडी तथा मध्यपूर्वका देशमा कार्यरत नेपालीका बारेमा ध्यान दिन विभिन्न देशमा रहेका नेपाली राजदूतलाई निर्देशन दिएको छ।
पछिल्लो समय इरान र अमेरिका दुवै युद्धको तयारीमा जुटेका छन्। एकले अर्कालाई आतंककारी घोषणा गरी कारबाहीको धम्की दिइरहेका छन्। कतिखेर कहांँ युद्ध हुन्छ भन्ने त्रासले पर्सियन खाडी र मध्यपूर्वका जनता त्रसित अवस्थामा छन्। नेपाल समाचारपत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार