प्रचण्ड निकट व्यवसायी दुर्गा प्रसाईविरुद्ध पक्राउ पूर्जी
नेपालबहस संवाददाता
माघ २, २०७६ बिहिबार १८:४३:३
२ माघ, काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट व्यवसायी दुर्गा प्रसाईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईले बिगतमा प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच एकता कायम गराउने भूमिका निर्वाह गर्दै लञ्च वैठक आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाएपछि एकाएक चर्चामा आएका थिए ।
पछिल्लो समय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी परेको थियो । गिरीको सोही उजुरीअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रशासनले आदेश दिए लगत्तै प्रहरी प्रसाईंलाई पक्रन भक्तपुरस्थित उनको निवास पुगेको थियो । तर अभियुक्त प्रसाईंं प्रहरी पुग्नु अघि नै घरबाट भागिसकेका थिए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । प्रसाईले गएको पुस २३ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूसँग डा. गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।
२० करोड घुस दिएमा मेडिकल कलेज सञ्चालन गर्न दिने डा. गिरीले प्रस्ताव गरेको आरोप प्रसाईले सार्वजनिक रुपमा लगाएपछि डा. गिरी आफ्नो मानहानी भएको भन्दै अदालत पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार