गायिका राउतविरुद्ध पक्राउ पुर्जी, जनतासँग शिष्ट व्यवहार गर्नुस:- डीआईजी पोखरेल
नेपालबहस संवाददाता
माघ ५, २०७६ सोमबार १:३३:१५
५ माघ काठमाडौं । प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुर अन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिए । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउतलाई अभद्र व्यवहार कसुर अन्तरगत मुद्दा अघि बढाइएको जानकारी दिँदै परिसरमा नआए पक्राउ गरेर ल्याइने बताए ।
आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको आरोप लगाउँदै गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरेको श्रव्यदृष्य सामग्री (भिडियो) बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा भएको उक्त घटनाको सीसी टीभी फुटेज शुक्रबार सार्वजनिक भएको थियो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीले दावी गरेको छ ।
सीसी टीभी फुटेजमा महिला प्रहरी रमिता श्रेष्ठले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने बताउँदै महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले राउतले नै अभद्र व्यवहार गरेको दाबी गरेका छन् ।बुधबार अपराह्न त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट गायिका राउत भद्रपुर जाने क्रममा शरीर जाँचका बेला उक्त घटना भएको थियो । उनले फेसबुक लाइभमार्फत् आक्रोशित हुँदै ती महिला प्रहरीलाई चेतावनी दिएकी थिइन् ।
भद्रपुर हुँदै उनी सिक्किम जाँदै थिइन । उनले प्रहरीले आफूलाई ’तँ’ सम्बोधन गरेको र हात हालेर दुव्र्यवहार गरेकोमा आपत्ति जनाएकी थिइन् । तर प्रहरीले विमानस्थलमा महिला प्रहरीको कुनै पनि गल्ती नदेखिएको भन्दै आस्था राउत बिरुद्ध कारबाही अगाडी बढाएको हो । गायिका राउतले आरोप लगाएकी महिला प्रहरीले राउतविरुद्ध उजुरी समेत दिएकी छिन् ।
यसैबीच आइतवार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलमा खटिएका प्रहरीहरुलाई बोलाएर ब्रिफिङ गरेका छन् । उनले ड्युटीमा खटिने प्रहरीलाई आम जनतासँग शिष्ट व्यवहार गर्न निर्देशन दिएका छन् ।
डीआईजी पोखरेलले कार्यालयको जिम्मेवारी सम्हालेयता तल्लो तहका प्रहरीको मनोबल अभिवृद्धि गर्नका लागि सँगै खाना खाने नियमसमेत लागू गरेका छन् । आस्था राउत प्रकरणपछि तल्लो तहका प्रहरीको बोली, व्यवहारमा उठेका प्रश्नका कारण उनीहरुको मनोबल खस्किएको भन्दै मनोबल वृद्धि गराउन उनले ब्रिफिङ् राखेका हुन् ।
प्रहरी भित्रका कसैले पनि अनैतिक कारोबार गर्ने, सेवाग्राहीलाई दुख दिने, गैर कानुनी क्रियाकलापमा संलग्न भएको पाइए आफूले तहतप्का नहेरी कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
अछाममा बिरामीलाई तातो कम्बल र तन्ना वितरण
माघ ६, २०८१ आइतबार
दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता
माघ ६, २०८१ आइतबार
पाकिस्तानमा सिंह बाघजस्ता खतरनाक जनावर घरमा पाल्न पाइने
माघ ६, २०८१ आइतबार