यमनमा सांसदको घरमा क्षेप्यास्त्र आक्रमण, बच्चासहित दुईको मृत्यु
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १३:५३:४०
१० माघ एजेन्सी । विद्रोहीहरुले यमनका एक जना सांसदको घरमा क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणमा परी एक जना बच्चासहित दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त र साउदी अरब नेतृत्वको सैन्य गठबन्धनको सहयोग तथा समर्थन रहेको सरकार र इरानले समर्थन गरेको विद्रोहीका बीचमा यमनमा सन् २०१४ देखि द्वन्द्व हुदै आएको छ । त्यतिबेला विद्रोहीहरूले यमनको राजधानी साना आफ्नो नियन्त्रणमा समेत लिएको घोषणा गरेका थिए ।
बुधबार राति तीनै विद्रोहीहरुले सांसद मोस्साद हुसेन अल सावदीको घरलाई लक्षित गरी मारिब प्रान्तमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । राजधानीदेखि पूर्वतर्फ रहेको घरमा आक्रमणमा परी ती सांसदका बुहारी र १६ वर्षीया नातिनीको मृत्यु भएको सावा समाचार संस्थाले उल्लेख गरेको छ ।
“आक्रमणमा परी सांसद सावदी गम्भीर घाइते भएका छन्, उनीसँगै उनको परिवारका अन्य तीन जना पनि घाइते भएका छन्,” मारिबका अपराध अनुसन्धान विभागका निर्देशक हुसेन अल हुलेसीले भने ।
उनले थपे “क्षेप्यास्त्रका कारण घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने स्थानीय बासिन्दा र छिमेकीहरु त्रासपूर्ण अवस्थामा रहेका छन् ।” यमनका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि मार्टिन ग्रिफिथ्सले घटनाको निन्दा गर्दै सैन्य सुरक्षा तत्काल बढाउन आह्वान गरे । तुलनात्मक रूपमा केही महिना अगाडिभन्दा अहिले बढी शान्ति सुरक्षाको महसुस गरिरहेका बेला यस्तो आक्रमण भएको हो ।
राष्ट्रसङ्घीय प्रतिनिधि ग्रिफिथ्सले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् “सांसदलाई र आम नागरिकलाई लक्षित गरेर यस्ता आक्रमण हुनु क्षम्य हुनसक्दैन, यो अन्तर्राष्ट्रिय कानूनहरुको उलङ्घन पनि हो ।”
गत शनिबार मारिबस्थित सैनिक शिविरमा आम नागरिकसहित ११६ जनाको मृत्यु हुनेगरी क्षेप्यास्त्र आक्रमण भएको केही दिनपछि यो घटना भएको छ । त्यस हवाई आक्रमण हुथी विद्रोहीले गरेको आरोप लगाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार