गुरुकुलमा संस्कृतसँगै कम्युटर रुमसहितको आधुनिक शिक्षा
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १७:३२:५२
तोलाकान्त बगाले
११ माघ, वालिङ । स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा ‘रामनदीधाम संस्कृत गुरुकुलम’ स्थापना गरी संस्कृत भाषा, व्याकरणसँगै अङ्ग्रेजी र कम्प्युटर शिक्षा दिन थालेपछि विद्यार्थी गुरुकुलप्रति आकर्षित हुन थालेका गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताए ।
“गुरुकुल भन्नासाथै संस्कृतका कर्मकाण्डमात्रै सिकाउने गरिन्छ भन्ने मान्यता थियो”, प्रअ बस्यालले भने, “अबको युगमा कर्मकाण्डमात्रै होइन आधुनिक र समयसापेक्ष शिक्षा पनि सँगसँगै प्रदान गर्नु आवश्यक ठानेर हामीले संस्कृतसँगै आधुनिक शिक्षा प्रणालीको शुरुआत गरेपछि विद्यार्थी बढेका छन् ।”
नेपाल सरकारको मातहतमा रहने गरी गुरुकुल शिक्षा र वनकाली काठमाडौंमा रहेको संस्कृत विद्यालयको पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक निर्माण गरिएको गुरुकुलले जनाएको छ ।
गुरुकुलमा लघु सिद्धान्तकौमुदी, संस्कृत भाषा, वेद र कर्मकाण्ड ४०० र आधुनिक शिक्षातर्फ अङ्ग्रेजी, गणित, सामाजिक र नेपाली ४०० सहित कूल ८०० पूर्णाङ्कको पढाइ हुन्छ । अतिरिक्त कक्षाअन्तर्गत कम्प्युटर र योग शिक्षा प्रदान गरिएको छ ।
गल्याङ नगरपालिकाबाट आधारभूत तह (६–८) कक्षाको अनुमति लिई गत वैशाखबाट सञ्चालनमा आएको गुरुकुलमा हाल स्याङ्जासहित पाल्पा, नवलपरासी, उदयपुर, कपिलवस्तु जिल्लाका २० छात्र अध्ययनरत रहेका प्रअ बस्यालले बताए ।
गल्याङ नगरपालिकाबाट तीन लाख, देउसी भैलोबाट सङ्कलन भएको तीन लाख, विभिन्न चन्दादाता, अक्षयकोषदाता, मुठीदानबाट प्राप्त सहयोगबाट गुरुकुल सञ्चालन हुँदै आएको छ । प्रअ बस्यालले भने, “बीस छात्रलाई भोजनसहित आवासीय व्यवस्था गुरुकुलले नै गरेको छ ।”
गुरुकुलमा हाल चार शिक्षक र एक भान्छे छन् । “बालबालिका जति पढ्दै गएका छन् तर उनीहरुमा आजभोलि कता–कता संस्कारको कमी भएको हो कि भन्ने महसुस हुन थालेको छ”, रामनदीधाम धार्मिक पर्यटकीय एकीकृत विकास समितिका अध्यक्ष पूर्ण बस्नेत (कौशिक)ले भने, “हामीले गुरुकुलका माध्यमबाट मुख्यतः संस्कारसहितको शिक्षा दिन खोजेका हौँ जसले गर्दा यहाँका विद्यार्थी जहाँ पुगे पनि उत्कृष्ट बन्न सकुन् भन्ने चाहना हो ।”
गुरुकुलमा जुनसुकै समुदाय, जातजातिका इच्छुक बालबालिकालाई निःशुल्क शिक्षा दिइने समितिका अध्यक्ष बस्नेतले बताए । “संस्कृत पढेर कर्मकाण्डको मात्रै काम गर्ने विद्यार्थी उत्पादन गर्न खोजिरहेका छैनौँ”, समितिका अध्यक्ष बस्नेतले भने, “संस्कारयुक्त आधुनिक शिक्षा र प्रविधिसँग घुलमिल भई युगअनुसार चल्न सक्ने बनाउनु गुरुकुलको लक्ष्य हो ।” संस्कार, संस्कृतिसँगै संस्कृत भाषाको संरक्षण र सम्बद्र्धन गर्न गुरुकुलले महत्वपूर्ण भूमिका खेल्ने भएकाले संस्कृत गुरुकुल सञ्चालन गरेको समितिका अध्यक्ष बस्नेतले सुनाए।
विसं २०४२ मा योगी नरहरिनाथले यहाँ गुरुकुल स्थापना गर्ने उद्देश्यले छ महिना गायत्री कोटी हवन गरेको गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले बताए । मानिसमा नैतिक आचरण, आध्यात्मिक ज्ञान हराउँदै गएकोले गुरुकुलका माध्यमबाट पुनः त्यसलाई जगाउने उद्देश्य रहेको समितिका अध्यक्ष सरस्वतीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
वर्षा र सहकालका देवता रातोमाछिन्द्रनाथ रथारोहण ( फाेटाे फिचर )
बैशाख २८, २०८१ शुक्रबार
चतराधाम कुम्भ मेलामा आज अन्तिम शाही स्नान
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन भित्रीभन्दा बाहिरी गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
ढकमक्क फुलेको बेगनबेली फूलले बसन्तमय तिलोत्तमा
बैशाख २९, २०८१ शनिबार
सत्ता पक्ष र प्रतिपक्षको टकराव, मुडभेडतर्फ संसद
बैशाख २९, २०८१ शनिबार
गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार