भदौको भेल जस्तो नेप्से, कमाउने कम गुमाउने बढी
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार २३:१०:५६
१२ माघ, काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज २०.७९ विन्दुले ओरालो लागेको छ । भदौको भेल झैं घरी बढ्ने र घरी घट्ने क्रममा रहेको बजार आज भने ओरालो लागेर एक हजार २७६.६८ मा पुगेको छ ।
नेप्सेकाे याे घटबढले बजारमा चलखेल गर्ने चलाख खेलाडीहरूलाई फाइदा पुगे पनि नयाँ लगानीकर्तालाई भने बिच्क्याइ रहेकाे छ । अघिल्लाे दिन शेयर बजार बढेकाे उल्लास बाेकेर बजार पुग्नेहरू भाेलिपल्ट निराश भएर घर फर्कन पर्दा शेयर बजारले बढेकाे उत्साह कायम गर्न सकिरहेकाे छैन ।
यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.१० ले घटेर २७४.६२ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरिद–बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १८.४५, व्यापार १६.७३, होटल ३९.८, विकास बैंक २१.३१, जलविद्युत् १८.९६, वित्त १०.६७, निर्जीवन बीमा १५१.७४, उत्पादन २६.०५, अन्य ६.७२, लघुवित्त २६.८१, जीवन बीमा १२४.९९ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रहेको छ । सो संस्थाको रु आठ करोड २६ लाख ४६ हजार २७० बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो ।
यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ४५ लाख ४७ हजार ५८४, ग्लाबेल आइएमई बैंक रु छ करोड २९ लाख ६८ हजार ७२५, शिवम् सिमेन्ट रु तीन करोड ३९ हजार ६६३, एनआइसी एशिया रु दुई करोड ९९ लाख ८६ हजार ३०६, प्रभु बैंक रु दुई करोड ९६ लाख ७२ हजार १४४ र गुराँस लाइफ रु दुई करोड ६८ लाख ९० हजार ६१७ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार जोशी हाइड्रोपार ३.१७, एआइबिएल प्रगति फन्ड २.९२, एनएमबी माइक्रोफाइनान्स २.७१, खानीखोला हाइड्रोपावर १.९६ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.८५ प्रतिशतले कमाए । त्यस्तै जानकी फाइनान्स ८.५५, मिथिला लघुवित्त ७.४८, रिडी हाइड्रोपावर ७.३१, सप्तकोशी डेभलपमेन्ट बैंक ६.८० र युनाइटेड इन्सुरेन्सका लगानीकर्ताले ५.१० प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार
चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
जेठ १०, २०८१ बिहिबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार