स्मार्टफोन टावरमा आगजनी, चन्द समुहका सदस्य पक्राउ
नेपालबहस संवाददाता
माघ १३, २०७६ मंगलबार ०:१०:३३
१३ माघ, गुल्मी । अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले बताए ।
आइतबार राति करिब ११ बजेको समयमा आगजनी भएको वस्तु प्रहरी चौकीले जनाएको छ । आगलागीबाट टावरको ओडीबक्स पूर्णरूपमा जलेका कारण त्यस क्षेत्रमा स्मार्टफोनको नेटवर्क अवरुद्ध बनेको छ ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयबासीले प्रहरीलाई जानकारी गराएपछि सोमबार बिहान वस्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगी घटना प्रकृतिबारे थप अनुसन्धान गरी फर्किसकेको छ । विगत पाँच वर्षदेखि धुर्कोटको कोट नजिकै रहेको स्थानीयबासी कमल थापाको बारीमा स्मार्टफोनको टावर सञ्चालनमा रहेको थियो ।
स्मार्टफोनको टावरमा आगजनी भएपनि त्यस नजिकै रहेका अन्य सञ्चारमाध्यमका टावर तथा सञ्चार उपकरणमा भने कुनै क्षति नभएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिएका छन् ।
चन्दका जिल्ला सदस्य पक्राउ
गुल्मीमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । गुल्मी मुसिकोट नगरपालिका घर भएका आकाश भनिने गोविन्दबहादुर विक जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ परेका हुन् ।
आफ्नो व्यक्तिगत कामको सिलसिलामा सदरमुकाम तम्घास आएका विकलाई रेसुङ्गा नगरपालिका–२ अन्तर्गत जीप पार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक खड्काले बताए ।
विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासमा हिरासतमा राखिएको छ । पछिल्लो समयमा नेत्रविक्रम चन्द समूहले जिल्लामा चन्दा आतङ्क बढाएको भन्दै प्रहरीले सो समूहका गतिविधिमाथि निगरानी बढाइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
संसदीय सुनुवाइबाट न्यायपरिषदमा खड्का अनुमोदित
माघ २०, २०८१ आइतबार
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
माघ २०, २०८१ आइतबार
उमागौरी सहकारी ठगी प्रकरणः जिल्ला अदालत मोरङले अध्यक्ष रौनियारलाई थुनामा पठायो
माघ २०, २०८१ आइतबार
सञ्चारमन्त्री गुरुङद्वारा मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन
माघ २०, २०८१ आइतबार
बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए
माघ २०, २०८१ आइतबार