युरोपेली बजारमाथिको परनिर्भरता हटाएसँगै कम्बोडियाली अर्थतन्त्र ७.१ प्रतिशतले बढ्ने अनुमान
नेपालबहस संवाददाता
माघ १५, २०७६ बिहिबार १:५३:१४
१५ माघ, काठमाडौं । कम्बोडियाको अर्थतन्त्र सन् २०२० मा सुदृढ रहने आसियान अनुसन्धान कार्यालय (आम्रो) ले प्रक्षेपण गरेको छ । आम्रोका अनुसार मुलुकको कूल गार्हस्थ्य उत्पादन सन् २०१९ र २०२० मा करिब ७.१ प्रतिशतको स्थिर अवस्थामा रहने छ । मुलुकको सुदृढ निर्माण कार्यहरु, बलियो घरेलु लगानी वृद्धि तथा बढ्दो घरेलु मागका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको हो ।
मुद्रास्फिती भने यस वर्ष २.३ प्रतिशतले वृद्धि हुनेछ जुन गत वर्षको २.१ प्रतिशतभन्दा केही बढी हो । आम्रोले बुधबार जारी गरेको विज्ञप्तिमा एउटा क्षेत्रमा अर्थतन्त्र बढी निर्भर रहेकाले त्यसलाई विस्तार गर्नुपर्ने उल्लेख छ । कम्बोडियाको बजार खासगरी युरोपेली मुलुकमा मात्र केन्द्रित रहेको छ ।
युरोपेली युनियनले कम्बोडियासँगको व्यापारमा कटौती गरेमा त्यसले कम्बोडियाली अर्थतन्त्रमा गम्भीर असर पुर्याउने आम्रोको भनाई छ ।
युरोपेली युनियनले गत वर्ष फेब्रुअरीमा कम्बोडियाको मानव अधिकार र श्रम अधिकार सम्बन्धी विषयमा चासो व्यक्त गर्दै कम्बोडियामा यी दुई क्षेत्रमा सुधार गर्न चेतावनी दिएको थियो । युनियनले कम्बोडियाले यी दुई क्षेत्रमा पर्याप्त सुधार नगरे स्वतन्त्र व्यापार पहुँच नदिने बताएको थियो ।
अतिकम विकसित मुलुकको सूचीमा परेको कम्बोडियालाई युनियनले केही दशकदेखि हातहतियार र गोलाबारुद बाहेकका सबै किसिमका वस्तुहरुलाई युरोपेली बजारमा भन्सार छुट (ड्युटी–फ्री) मा प्रवेश दिएको छ ।
युरोपेली युनियनमा कम्बोडियाबाट सन् २०१८ मा करिब ५ अर्ब ८६ करोड अमेरिकी डलरको सामान निर्यात भएको थियो । तीमध्ये तयारी पोशाक र जुत्ताचप्पलको निर्यात करिब दुई तिहाई रहेको थियो । यस क्षेत्रमा करिब एक हजार १०० कारखाना रहेका र त्यहाँ करिब ७ लाख ५० हजारले रोजगारी पाएका छन् । गत वर्ष मार्चमा कम्बोडिया सरकारले युरोपेली बजारको परनिर्भरता हटाउन विभिन्न सुधारका कदमहरु घोषणा गरेको थियो । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार