पूर्वमन्त्री थापाका स्वकीय सचिवको निस्सासिएर मृत्यु
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार १८:९:२७
१६ माघ, ललितपुर । ललितपुरको तिखिदेवलस्थित एउटा फिटनेस सेन्टरमा साउना बाथ लिन गएको एक जोडीको हिजो राति निस्सासिएर मृत्यु भएको छ । स्थानीय फिट एण्ड फाइन्ड एरोबिक सेन्टरमा साउना बाथ लिन गएका हस्तगर्बुजा मगर र उनकी पत्नी नेत्रकुमारीको गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ ६ बजे साउना बाथ लिन छिरेको जोडी लामो समयसम्म बाहिर ननिस्किएपछि ढोका खोलिएको थियो । बेहोस अवस्थामा भेटिएका दम्पतिलाई तत्कालै अस्पताल लगिएको थियो । तर चिकित्सकले दुबैको निस्सासिएर मृत्यु भएको घोषणा गरेका थिए ।
म्याग्दीको मालिका गाउँपालिका-४ का मृतक हस्तगर्बुजा पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए । थापा र मगरकाे पारिवारिक सम्बन्ध पनि रहेकाे थियाे । अहिले जिम सञ्चालिका जुना बस्नेतलाई सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
यो घटनापछि प्रहरीले सञ्चालिका बस्नेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हाे । चार-पाँच जना सञ्चालकमध्ये उनी एक हुन् । मगर दम्पतिका छोरा लिङ्कन गर्बुजा र छोरी मेगमी गर्बुजा भने साे समयमा घरमा नै रहेका पारिवारिक स्राेतले नेपालबहस डटकमलाई बतायाे । चारै जना परिवार ललितपुर-१४, नखिपाेटमा बस्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार