धेरै पछि आयो हाईड्रोपावरको दिन, आजको बजार बिश्लेषणले के देखायो ?
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार २२:१४:१९
माघ २०, काठमान्डौं । निरन्तर आक्रामक रुपमा वृद्धि भएको बजार आज भने केही रोकिएको छ । बजार सामान्य २ दशमवल ४९ अंकले वृद्धि हुँदै १३४९ दशमलव १३ को विन्दुमा बन्द भएको छ । दोश्रो बजार शुन्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदा १७७ कम्पनीहरुको १ अर्ब ६१ करोड बराबरको शेयर खरिद बिक्री भएका छन् ।
आज हाईड्रोपावर उपसुचकमा सर्वाधिक ४ दशमलव ८२ प्रतिशतको वृद्धि देखिएको छ भने होटल उपसुचकमा सर्वाधिक शुन्य दशमवल ८३ प्रतिशतको गिरावट देखिएको छ ।
आज बजार १३४७ दशमलव ८४ को विन्दुमा खुलेकोमा ११ बजेर १८ मिनेटमा १३५५ दशमलव २८ को उच्च विन्दु सम्म पुगेको थियो । त्यस्तै आज बजारले ११ बजेर ५५ मिनेटमा १३३९ दशमलव ६१ को न्यून विन्दु समातेको थियो । बजारमा पहिलो घण्टा करेक्सन भएको अनुभुती भएको थियो । केही दिन यताआक्रामक वृद्धि भएको बजारमा यस प्रकारले सामान्य करेक्सन आउनु स्वाभाविक रहेको जानकार बताउछन ।
आज नेको इन्स्योरेन्सको शेयर सर्वाधिक ६ करोड ५६ लाखको खरिद बिक्री भएको छ भने गरिमा विकास बैंकको शेयर मूल्य सर्वाधिक ९ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ त्यस्तै मल्टिपर्पोस फाईनान्सको शेयर मूल्य सर्वाधिक ५ दशमलव २२ प्रतिशतले घटेको छ ।
हेरौ आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३६० पहिलो टेवा : १३४०
- आज पनि नेप्सेले मुख्य प्रतिरोधलाई सामना गरेको छ। आज नेप्से परिसूचक १३४९ दशमलब १३ को बिन्दुमा बन्द भएको छ ।
- आजको कारोबारले “डोजी” मैनबत्तीको चित्र बनाएको छ । यसले बजारमा आपूर्ती र माग लगभग बराबर भएको जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७२ दशमलब ९३ को बिन्दुमा छ । आरएसआईको प्रवृत्तिले बजारमा शेयर बढी खरिद भएको जानकारी गरेको छ ।
- “एडिएक्स” तथा जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले क्रेताको चाप हुन थालेको जनाएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गराएको छ ।
- नेप्से बढेमा मुख्य प्रतिरोध १३६० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३४० को क्षेत्रमा पाउने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार