ईण्ट्राडे हाईमा बन्द भएको बजारमा खरिदकर्ता आक्रामक भएकै हुन त ?
आर्थिक संवाददाता
माघ २२, २०७६ बुधबार २२:१२:२५
२२ माघ, काठमान्डौ । अन्तिम ४५ मिनेट खरिदकर्ताहरु आक्रामक देखिँदा दोश्रो बजार परिसुचक नेप्से ५ दशमलव ३१ अंकले वृद्धि हुँदै १३४२ दशमलव ३६ को विन्दुमा बन्द भएको छ । कारोवार रकम भने सामान्य घट्दै १ अर्ब ८ करोड पुगेको छ । बजार परिसूचक नेप्से शुन्य दशमलव ४० प्रतिशतले वृद्धि भएको छ ।
आज बजार १३३८ दशमलव ५१ को विन्दुमा खुलेकोमा २ बजेर ५४ मिनेटमा १३४२ दशमलव ६३ को उच्च विन्दुसम्म पुगेको थियो भने १२ बजेर ३६ मिनेटमा १३३५ दशमलव ७३ को न्यून विन्दुसम्म पुगेको थियो ।
यसरी बजारको उच्च विन्दु र बन्द विन्दु एउटै जस्तो रहेकोमा यसलाई प्राविधिक भाषामा “ईण्ट्राडे हाई” भनिन्छ । यस प्रकारको प्रवित्तिलाई राम्रो मानिन्छ ।
बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा शुन्य दशमलव ३३ प्रतिशतको वृद्धिसंगै समस्त बजारलाई नै सकारात्मक असर पुगेको छ। ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक ३ दशमलव ६१ प्रतिशतको वृद्धि देखिएको छ ।
सिभिल बैंकको शेयर सर्वाधिक कारोवार हुँदा सपोर्ट माईक्रोफाईनान्सका शेयरधनीले सर्वाधिक कमाउँदा नेशनल हाईड्रोपावरका शेयरधनीले सर्वाधिक गुमाए ।
हेरौ आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १३४५ पहिलो टेवा : १३३३
- आज नेप्सेमा उतारचडाब कम रहेको छ। कारोबार रकम पनि घटेको छ । कम उतारचडाब रहेको बजारमा कम कारोबार हुनु सामान्य मानिन्छ ।
- आजको कारोबारले निश्चित रुपमा मैनबत्तीको चित्र बनाएको देखिन्दैन ।
- दैनिकी अवधिमा “आरएसआई” ६९ दशमलब ०५ को बिन्दुमा छ । आरएसआईको प्रवृत्तिले बजारमा खरिदकर्ताको चाप कमजोर भएको जानकारी गरेको छ ।
- “एडिएक्स”ले क्रेताको चाप कमजोर भएको जानकारी दिएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले निश्चित दिशा तय गरेको देखिन्दैन ।
- “अन ब्यालेन्स भल्यूम” ले बजार हालसम्म सामान्य रहेको जानकारी गराएको छ । नेप्से बढेमा पहिलो प्रतिरोध १३४५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो सामान्य टेवा १३३३ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार