चीनबाट आउनेलाई विभिन्न चार स्थानमा राख्ने सरकारकाे तयारी
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार २२:१६:३१
२३ माघ, काठमाडौं । कोरोना भाइरसबाट आक्रान्त चीनको बुहानबाट नेपाल ल्याइन लागेका नेपालीलाई आइसोलेशनमा राख्न सरकारले चारवटा स्थान निर्धारण गरेको छ ।
बुहानबाट ल्याइने नेपालीहरुलाई १४ दिन अलग राख्नका लागि इचंगुनारायण, शिवपुरी, सूर्य बिनायक र खरिपाटीमा राख्ने निर्णय सरकारले गरेको छ । हाल १८० जना नेपाली नागरिक बुहानबाट नेपाल आउन प्रतिक्षारत छन् ।
लामो छलफल र गृहकार्य गरेपछि सरकारले स्थान टुंगो लगाएको हो । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आज प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिवहरुलाई बालुवाटार बोलाएर यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
यसका साथै सरकारले कोरोना भाइरसबाट पीडित चीन सरकारलाई एक लाख थान प्रोटेक्टेड मास्क उपलव्ध गराउने निर्णय समेत गरेको छ । यसैबीच चीनमा रहेका नेपालीका आफन्त तथा अभिभावकले आज दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका छन् ।
आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गर्दै मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरा समेत नपाएको अभिभावकहरुले बताएका छन् ।
चीनले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण नभएको, खाने बस्ने व्यवस्था राम्रो भएको बताएता पनि घरभित्र थुनिएर बस्नुपरेको, लजिस्टिक समस्याहरु पर्न थालेको र त्यहाँ अतिनै समस्या पर्न थालेको भिडियोहरु सामाजिक संजालमा प्रवाह भएका छन् । सबैलाई चीन सरकारले खानपिनको सुविधा नदिएको र खर्च सकिन लागेको भन्दै नेपालमा रहेका अभिभावकहरुले पनि चिन्ता प्रकट गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार