प्रतिपक्ष सदनमा उठ्दा भातृ संगठन सडकमा उर्लियो
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार २१:२१:५४
२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध जनाइरहेका बेला दलका भातृ संगठन भने सडकमा उत्रिएका छन् । ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदार मुछिएपछि कंग्रेसले सडक र संसदबाट नै त्यसको प्रतिवाद गर्ने रणनीति अनुसार आफ्ना गतिविधिहरु अगाडी बढेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा दायर गरेको भन्दै कांग्रेसले हिजाे पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । आज पनि संसद मीन विश्वकर्माले नेकपाले भटाभट कांग्रेसका नेतामाथि छानिछानि विभिन्न आरोप लगाउँदै मुद्दा दायर गर्ने र उनीहरुलाई विभिन्न बाहानामा धरपकड गर्ने कार्य थालेको प्रति कडा विरोध जनाए ।
उनले “सरकार कांग्रेसका मान्छे थुन्ने प्रपञ्चमा लागेको छ, अख्तियारको नीति आफ्नालाई बोक्ने र विरोधी ठोक्ने” रहेको बताए । यसकारण अख्तियारकाे गतिविधिमा पहिला शंकामात्रै भएकाे तर हिजाे मात्रै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आयाेगका काम पनि सरकारकाे उपलब्धि भएकाे बताएपछि आयाेग सरकारकाे लाचार छायाँ भएकाेमा शंका नभएकाे बताए ।
संसद विश्वकर्माले भनेका छन् “प्रस्ताव लैजाने, पास गर्ने र लालपुर्जा बोक्ने महान हुने । तर, कित्ताकाट गर्ने, लालपूर्जा बनाउने क्षेत्राधिकार नै नभएको भौतिक पूर्वधार मन्त्रीमाथि मुद्दा चल्ने ? भौतिक पूर्वाधार मन्त्रालयको काम त पूर्वाधार बनाउने हो । अनी मन्त्री कसरी दोषी भयो, अनी प्रधानमन्त्री चाहीँ कसरी निर्दोषा ? ” । त्यस क्रममा एक डाक्टरको प्रसंग जोड्दै उनले जग्गा फिर्ता गर्छु भन्नेहरुलाई मुद्दा नचलाउनु हास्यास्पद भएको बताए । हजार दोषी छुटुन् तर एउटा निर्दोष नसमातियोस् भन्ने आहान ललिता निवास प्रकरणमा उल्लाटो भएको उनले बताए ।
कांग्रेसले आज शुक्रबार पनि बैठक चल्न नदिने निर्णय गरेको थियो । आज बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदमा विरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । त्यस लगत्तै संसद भवन नयाँबानेश्वर पुगेका कांग्रेस संसदले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेपछि आधा घण्टाका लागि स्थगन भएको थियो ।
सोही समय पार्टीकै निर्देशनअनुसार कांग्रेसका भ्रातृ संस्थाहरु तरुण दल, नेपाल विद्यार्थी संघ लगायतले माइतीघर मण्डलामा प्रदर्शनका लागि जुटेका छन् । उनीहरुले माइतीघर मण्डलामा विरोध सभा गर्दैछन् । तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै भनेका छन् :– ‘तत्कालीन सरकारका प्रमुखहरु नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र तत्कालीन सरकारका मुख्य सचिव लिलामणि पौडयाललाई कम्युनिष्टको छहारीभित्र राखी कांग्रेस भएकै कारण असम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री गच्छदारलाई अधिनायकवाद उन्मुख दुर्गन्धित खोली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार