पढाई खर्च पुर्याउन गिट्टी कुट्दै छौं सरकार !
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार २२:२२:१
२६ माघ, काठमाडौं । सरकारले निःशुल्क शिक्षाका नाममा वर्षेदेखि देश विदेशबाट करोडौं रकम परिचालन गरिरहेको छ तर वास्तवमा भने अवस्था अलि फरक छ । विद्यार्थीका नाममा आएको रकम कहाँ, कसरी र केकामको लागि खर्च भइरहेको छ भन्ने कुरालाई यहाँ प्रस्तुत गर्न लागिएको वास्तविकताले भने गिज्याइरहेको छ । विद्यार्थी र उनका अभिभावक पढाई खर्च र बिहान बेलुकाको छाक टार्न नै गिटीकुट्न बाध्य भएको समाचारले सिंहदरबारबाट सरकारले नै बोलेको कुरालाई इन्कार गरिदिएकाे छ भन्नु अन्यथा नहाेला ।
जाजरकोट, भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहेकी छिन् । नी सुत्केरी भएको दुई हप्ताभित्रै वितेको छ तर गिट्टी कुट्ने काममा लागिरहेकी छिन् । तीन छोरा, छोरीकी आमा भइसकेकी उनी गिट्टी कुट्ने ठाउँमा कहिले शिशुलाई च्यापेर, त कहिले चिसो भुइँमा राखेर काम गरिहेकी भेटिन्छिन् । उनका श्रीमान् प्रेम खड्का पनि सडकका पर्खाल लगाउने काम गर्दैछन् ।
जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत खलङ्गा पाँचकाटिया सडकको ग्राभेलको काम अहिले जारी छ । “पढ्दापढ्दै छाडियो, अहिले गिट्टी कुटेर छोराछोरीसहित घरपरिवार चलाउनुपर्छ के गर्नु”, लक्ष्मीले भनिन् । उनीजस्तै अर्की ४० वर्षीया भीमकुमारी खड्का चार छोराछोरीको पढाइका लागि गिट्टी कुटिरहेको भेटिन्छन् । “कुनै राजगारी छैन, यही गिट्टी कुटेर सबै परिवार पाल्नुपर्छ”, उनले भनिन्, “छोरीहरू स्थानीय विद्यालयमा कक्षा ५ र ६ मा पढ्छन्, पढाइ खर्चका लागि भए पनि गिट्टीको सहारा लिएको छु, यसमै काम गर्नेलाई भने ठेकेदारले समयमा पैसा दिँदैनन् ।”
सोही सडक खण्डमा शङ्कर भवन मा.वि बाहुनथानामा कक्षा २ मा अध्ययनत् चन्द्रा घर्तीले बिहान–बेलुका गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । बिहान ७ बजे सडकछेउमा हथौडा र ढुङ्गाको भारी खातमा हाजिर हुने उनी साढे ९ बजे विद्यालय पुग्छिन् । उनी अपराह्न ३ बजेपछि पुनः गिट्टी कुट्न आउने गर्दछिन् । उनीसँगै कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने अस्मित पुन खर्चकै लागि गिट्टी कुट्दै आएका छन् । उनीहरूले दैनिक गिट्टी कुटेर बिक्री गरी पढाई खर्च जुटाउँदै आएका छन्
घरमा आमा बाबाले कपडा सिलाउनुहुन्छ, हामी गिट्टी कुट्छौँ उनीहरूले भने । कक्षा ६ मा पढ्ने सिर्जना परियार र उनकी बहिनी कक्षा २ मा पढ्ने रोशनी परियारसँगै गिट्टी कुट्दैछन् । उनीहरू पनि दैनिक बिहान र बेलुका गिट्टी कुट्छन्, दिउँसो विद्यालय पढ्छन् । यसरी यहाँका अधिकांश जनजाति र दलित समुदायको जीवनयापन चलिरहेको छ ।
अर्थाभावका कारण यहाँका अधिकांश बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकसमेत अर्थोपार्जनका लागि गिट्टीकै सहारा लिइरहेका छन् । छोरा, बुहारीले राम्रो गरेनन्, पेट पाल्नै प¥यो, मर्न सकिँदैन भन्दै गहँभरि आँसु झार्दै भेरी नपा–२ की ६२ वर्षीया छिता परियारले भनिन्, “छोरीको बच्चा बोकेर गिट्टी कुट्न आएकी छु, घरमा छोरा र बुहारीले हेला गर्छन्, एक्लै बस्छु बाँच्नका लागि गिट्टी कुट्दैछु ।”
उनीहरूजस्तै अहिले जाजरकोट–खलङ्गादेखि पाँचकाटियासम्मको सडक निर्माण हुँदै गर्दा दर्जनाैं स्थानीयवासी गिट्टी कुटेर जीवन निर्वाह गरिरहेका छन् । अधिकांश ज्येष्ठ नागरिक र बालबालिका गिट्टी कुटिरहेका छन् । गिट्टी ठेकेदारले लिए पनि समयमा पैसा नदिएका कारण समस्यमा पर्दै आएको उनीहरूको गुनासो छ । गिट्टी कुटेर समयमै पैसा पाएको भए घरमा नुनतेल र खाद्यान्न खरीद गरेर दैनिक घर खर्च टार्न सजिलो हुने उनीहरूको भनाइ छ ।
सो सडकखण्डमा मात्र होइन, जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न भागमा समेत गिट्टी कुटेर दैनिक गुजारा चलाउनको सङ्ख्या ठूलो छ । वैकल्पिक पेशा नभएका स्थानीयवासी तथा भारतसँगै अन्य मुलुक रोजगारीका लागि नगएकाहरू गिट्टी कुट्ने काममा व्यस्त भएका छन् । (हेमन्त केसीको सहयोगमा)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिशाप बन्यो खडीखानीको सपना !
बैशाख ३०, २०८१ आइतबार
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
बैशाख २९, २०८१ शनिबार
ढकमक्क फुलेको बेगनबेली फूलले बसन्तमय तिलोत्तमा
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार