उत्पादन समुहमा वृद्धि आउँदा बाँकी सबै सुचकाङ्कमा असर, कारोबार रकम नै घट्यो
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार २३:५८:९
२६ माघ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै लगानीकर्तामा उत्साह थप्दै आएको बजारले आज पुनः ओरालो लाग्ने क्रम शुरु गरेको छ ।
आज नेप्से १३ दशमलव ७० अङ्कले घटेर एक हजार ३१९ दशमलव ९९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन अङ्कले घटेर २८१ दशमलव ०४ मा पुगेको छ । नेप्से ओरोलो लाग्दा कारोबार रकममा समेत गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड चार लाख दुई हजार ५८४ मा खरीद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १७ दशमलव ४८ ले बढ्दा बैंकिङ १२ दशमलव ३९, व्यापार ५ दशमलव ६४, होटल ५४ दशमलव ३२, विकास बैंक १९ दशमलव १४, जलविद्युत् ८ दशमलव ३४, वित्त ५ दशमलव ५१, निर्जीवन बीमा १३१ दशमलव ५१, अन्य ४ दशमलव ०५, लघुवित्त २० दशमलव ६९, जीवन बीमा ७५ दशमलव ८६ र सामूहिक लगानी कोष ० दशमलव ०६ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ९२ लाख ५५ हजार ७६७ मूल्य बराबरको शेयर खरीद बिक्री भए । यस्तै ग्लोबल आइएमइ बैंक रु तीन करोड ५३ लाख ५७ हजार ९२७, एनआइसी एशिया रु तीन करोड ४६ लाख २३ हजार ५३३, नागरिक लगानी कोष रु तीन करोड १६ लाख ३० हजार २५१, नेपाल इन्भेस्टमेन्ट बैंक रु दुई करोड ७१ लाख १० हजार ८२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था ३ दशमलव ८८, कञ्चन डेभलपमेन्ट बैंक ३ दशमलव २८, छ्याङदी हाइड्रोपावर २ दशमलव १३, सिभिल लघुवित्त वित्तीय संस्था २ दशमलव ०४, शिवम् सिमेन्ट १ दशमलव ९५ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १ दशमलव ८५ प्रतिशतले कमाए ।
त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ५ दशमलव ७५, दिव्यश्वरी हाइड्रोपावर ५ दशमलव ६६, नेपाल फाइनान्स ५ दशमलव ६३, सेन्ट्रल फाइनान्स ५ दशमलव २९, ओरियन्टल होटल ४ दशमलव ८६ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ४ दशमलव २२ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार