अभिभावकले गुहारे आयोग
नेपालबहस संवाददाता
माघ २६, २०७६ सोमबार ०:५५:१७
२३ माघ, काठमाडौं । काेराेना भाइरसले आक्रान्त बनाएकाे चीनको बुहानमा बसेका १८० जना नेपाली विद्यार्थीलाई नेपाल फर्काउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आलटाल गरेपछि तिनका अभिभावकले आज राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारेका छन् ।
विद्यार्थीका अभिभावकहरु आज दिउँसो पुल्चोकस्थित आयोगको कार्यालयमा गई मानव अधिकारको रक्षा गर्न सरकारलाई दवाब बढाउन आग्रह गरेका छन् । अभिभावकले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी तत्काल नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने पहल थालिदिन अनुरोध गरेका छन् ।
भेटका क्रममा उनीहरुले ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्रका सरकारले कहिले फर्काउने हो, त्यसको तिथि मिति तोकिदिन आग्रहसमेत गरिएको छ । पीडित अभिभावकले यसअघि स्वास्थ र परराष्ट्रमन्त्रीसँग पनि यस्तै ज्ञापनपत्र बुझाएका थिए ।
पीडित मध्येका एक अभिभावकले बुहानमा रहेका आफ्ना छोरा डा. गौरव पोखरेलसँग आयोग अध्यक्ष शर्मासँग फोनबाट कुरा गराएका थिए । सो अवसरमा अध्यक्ष शर्माले बुहानमा फसेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका थिए । कुराकानीका क्रममा डा. पोखरेलले आफूहरु मानसिक तनावमा बस्नु परेकोले तत्काल स्वदेश फर्काउन सरकार समक्ष पहल गरिदिन आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार