दिल्ली विधानसभा चुनाव : आम आदमी पार्टी अग्रस्थानमा
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १५:३१:१०
२८ माघ एजेन्सी । विधानसभा चुनावको मतगणना भारतको दिल्लीमा मंगलबारबाट सुरु भएको छ। दिल्लीका ७० विधानसभा सिटका लागि शनिबार मतदान भएको थियो । आरोप–प्रत्यारोपले भरिएको चुनावी अभियानपछि भएको मतदानमा दिल्लीका नागरिकले कसलाई भावी सरकार सञ्चालनको जिम्मा दिएका छन् भन्ने मंगलबार थाहा हुँदैछ ।
सुरुवाति मतपरिणाममा आम आदमी पार्टीले अग्रता लिएको छ । सुरुवाति नतिजामा आपले ५० भन्दा बढी सिटमा अग्रता लिएको छ । यस्तै भाजपाले १० भन्दा बढी सिटमा अग्रता लिएको छ । मतदानपछिका अधिकांश सर्वेक्षणहरुले सत्तारुढ आम आदमी पार्टी नै फेरि दिल्लीको सत्तामा आउने देखाएका छन् । गएको विधानसभा चुनावमा आम आदमी पार्टी ‘आप’ ले ७० मध्ये ६७ सिट जितेको थियो ।
अहिले दिल्लीमा आप, केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी ‘भाजपा’ र केन्द्रमा विपक्षमा रहेको कांग्रेसबिच मुख्य प्रतिस्पर्धा छ । तर कांग्रेस भने दिल्लीमा आफ्नो अस्तित्व मेटिन नदिनका लागि संघर्षमा रहेको छ । यसअघिको विधानसभामा उसले एक सिट पनि जितेको छैन र अहिले पनि खासै राम्रो गर्ने देखिएको छैन । गएको विधानसभामा तीन सिटमा सीमित रहेको भाजपाले केही राम्रो गर्ने देखिएको सर्वेक्षणहरुले दाबी गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार