नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १६:२३:५१
२८ माघ, काठमाडौं । नेपाल प्रहरीको २७ औं प्रहरी महानिरिक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त हुने भएका छन् । आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले उनलाई नियुक्त गर्ने सहमति गरेको हो ।
बालुवाटार स्राेतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको क्याबिनेटले ज्ञावालीको नाममा सहमती गरेको र त्यसका लागि गृह मन्त्रालयलाई आवश्यक प्रक्रिया पुर्याएर ल्याउन भनिएको छ । फेरि, दिउँसो बस्ने मन्त्रीपरिषद् बैठकले भने आधिकारीक रुपमा उनलाई प्रहरी महानिरिक्षक पदमा नियुक्त गर्ने तयारी थालेको छ । निवर्तमान आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण आज घर फर्कनु भन्दा केही घण्टा अगाडि मात्र नेपाल प्रहरीले २७ औं आईजीपीमा ज्ञावलीलाई पाउने भएको हो ।
आज साँझ नै वर्तमान आईजीपी खनाल लगायत ३ एआईजी र १८ डीआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाइ गरिने भएको छ । प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली निर्विकल्प आईजीपी बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार