नेपालका चार विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर
नेपालबहस संवाददाता
माघ २९, २०७६ बिहिबार ०:७:११
२९ माघ, काठमाडौं । स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबद्र्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ ।
मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेशन समारोहमा नेपालका ४ जना विद्यार्थीलाई एम्बेसेडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए ।
विद्यार्थी एम्बेसेडरलाई स्टडी एडिलेडले ५ हजार अष्ट्रेलियन डलरको उत्साजनक सर्पोट प्याकेज प्रदान गर्नेछ जसमा १५ सय अष्ट्रेलियन डलरसम्मको फिर्ती टिकट, एक हजार अष्ट्रेलियन डलरको उपहार भौचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेश समावेश गरिएको छ जहाँ विद्यार्थीहरु शहरको पूर्ण शैक्षिक र जीवनशैली अनुभव गर्न सक्षम हुनेछन् । विद्यार्थीहरुलाई आफ्ना साथीहरु, परिवार र समुदायसँग एडिलेड अन्तर्राष्ट्रय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत शेयर गर्न प्रत्साहन गरिन्छ ।
वर्षैदेखि नेपालबाट थुपै्र विद्यार्थीहरु उच्च शिक्षाका लागि एडिलेड जाने क्रम बढ्ढो छ, जहाँ सन् २०१९ मा २००० भन्दा बढि विद्यार्थीले अध्ययनका लागि एडिलेड चयन गरेका छन् । एडिलेडका विश्वविद्यालयमा इन्जिनियरिङ, कम्प्युटर साइन्स र आईटी नेपाली विद्यार्थीहरुको लोकप्रिय पाठ्यक्रमहरु रहेका छन् ।
यो प्रतियोगिताले नेपालभरि नै उत्साहजनक प्रतिक्रिया पाएको थियो र पहिलो पटक “स्टडी एडिलेड स्टुडेन्ट एम्बेसेडर” को ट्याग जित्नका लागि ठुलो संख्यामा उम्मेदवारले आवेदन दिएका थिए । सन् २०२० का लागि छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की रहेका छन् ।
यस अवसरमा स्टडी एडिलेडका सीईओ क्यारन केन्टले भने, “हामी नेपालमा पहिलो पटक आयोजना गरिएको २०२० एम्बेसेडर प्रोग्रामको प्रतिक्रियाबाट निकै उत्साहित छौं । हामीले दक्षिण एशियाबाट १५ सय भन्दा बढि उच्च गुणस्तरीय आवेदन प्राप्त गरेका थियौ र नेपालको संख्या उल्लेखनिय रहेको थियो । यसले हामीलाई निर्णय लिन निकै कठिन बनाएको थियो ।”
“हामी २०२० का लागि नेपालका ४ स्टुडेन्ट एम्बेसेडरलाई स्वागत गर्न र उनीहरुलाई हाम्रो भाइब्रेन्ट शहरी जीवन, सुरक्षित, सहयोगी समुदाय र वल्र्ड–क्लास शैक्षिक संस्थासँग परिचित गराउन उत्साहित छौं । यो जीतको बारेमा पार्वती बुढाथोकी, छनोट भए मध्यकी एक विद्यार्थीले भनिन्, “ यो प्रतिस्पर्धा जित्नु मेरो अष्ट्रेलियामा उच्च शिक्षाका लागि ठुलो शुरुवात हो ।स्टडी एडिलेड एम्बेसेडर बन्न पाउनु मेरा लागि गर्वको कुरा हो । म विद्यार्थीको रुपमा भाइब्रेन्ट र स्वागतमय शहर एडिलेडको समृद्ध अनुभवको प्रतिक्षा गर्दछु र आफ्नो अनुभव नेपालका इच्छुक विद्यार्थीहरुसँग बाड्न चाहन्छु ।” पार्वती बुढाथोकीले दक्षिण अष्ट्रेलियाको विश्वविद्यालयमा डाटा साइन्समा स्नातकोत्तर कार्यक्रमका लागि भर्ना गरेकी छिन् ।
स्टडी एडिलेड एम्बेसेडरहरुले फ्लिन्डर युनिभर्सीटी, द युनिभर्सीटी अफ एडिलेड, युनिभर्सीटी अफ साउथ अष्ट्रेलिया, टीएएफई एसए र इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट लगायतका संस्थाहरुमा इन्जिनियरिङ, हेल्थ म्यानेजमेन्ट र सोस्यल वर्कमा स्नातकोत्तर गर्नेछन् ।
विश्वभरका शिर्ष २% युनिभर्सीटीमा पर्ने यसका ३ स्टेट युनिभर्सीटीहरुका साथ एडिलेड विद्यार्थी जीवनका लागि तयार पारिएको अग्रणी शैक्षिक शहर हो । इकोनोमिस्ट इन्टिलिजेन्श युनिट वल्र्डवाइड कस्ट अफ लिभिङ रिर्पोटका अनुसार एडिलेड सिड्नी र मेलबोर्नको तुलनामा बस्नाका लागि १४% किफायती छ । यो शहरको अर्थव्यवस्था पनि तीव्र रुपले बढिरहेको छ र धेरै अष्ट्रेलियन स्पेश एजेन्सीको मुख्य ठाँउ हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार