बजारले प्रतिरोध क्षेत्रलाई तोड्न कुन कुराले रोकिरहेको छ ?
आर्थिक संवाददाता
फागुन १, २०७६ शुक्रबार ०:२२:३६
१ फाल्गुण, काठमाडौं । साताको अन्तिम कारोवार दिन नेप्से परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । हिजो सामान्य अंकले वृद्धि भएको बजारमा आज भने १ दशमलव ३९ अंकको गिरावट देखिएकाे छ । आज ३७ लाख २० हजार कित्ता शेयर खरीदबिक्री भएकोमा कारोवार रकम भने हिजो भन्दा आज वृद्धि हुँदै १ अर्ब ७७ करोड पुगेको छ ।
समस्त बजार घटेपनि लघुवित्त र बीमा कम्पनीमा भने लगानीकर्ताको आकर्षण कायम रहेकै छ । बजारमा वाणिज्य बैंकमा बिक्री चाप आएको केही दिन देखिको तथ्यांकले देखाउछ । वाणिज्य बैंकमा आएको बिक्री चापले गर्दा बजारलाई प्रतिरोध क्षेत्र तोड्न गाह्रो परेको देखिन्छ ।
आज ट्रेडिङ्ग उपसुचकमा २ दशमलव ९६ प्रतिशतको वृद्धि हुँदा होटल उपसुचकमा सर्वाधिक एक दशमलव ६१ प्रतिशतको गिरावट आएको छ । बजारलाई मुख्य ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा आज पनि गिरावट आएको छ । लघुवित्त उपसुचकमा वृद्धि हुने क्रम आज पनि जारी रह्यो ।
बजार १३४६ दशमलव ४५ को विन्दुमा खुलेकोमा १३५४ दशमलव ८८को उच्च विन्दुसम्म पुगेको थियो । बजारले ११ बजेर ३४ मिनेटमा उच्च विन्दु समातेको थियो । त्यस्तै बजारको न्यून विन्दु २ बजेर ५७ मिनेटमा थियो । बजारले आज १३४२ दशमलव ९० को न्यून विन्दु समातेको थियो ।
आजको ईण्ट्राडे चार्ट हेर्दा बजारले त्यति सकारात्मक प्रवृत्ति बनाएको छैन । कारोबारको पहिलो समयमा बढेको बजार अन्तिम समयमा विक्रेताको चाप रहेको छ । आजको मैनबत्तीले कारोबारको पछिल्लो समयमा विक्रेताको चाप रहेको जानकारी गराएको छ ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३५० देखि १३६० पहिलो टेवा : १३३०
- नेप्सेले आज पनि १३५० देखि १३६० को मुख्य अवरोध क्षेत्रलाई सामना गरेको छ। कारोबारको पहिलो समयमा बढेको बजार अन्तिम समयमा विक्रेताको चाप रहेको छ।
- आजको मैनबत्तीले कारोबारको पछिल्लो समयमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
- दैनिकी अवधिमा “आरएसआई” ६५ दशमलब ६३ को बिन्दुमा छ। बजारको प्रवृत्ति हेरेर आरएसआई अक्सिलेटर सामान्य रहेको छ।
- “एडिएक्स” तथा जोड र बेजोड “डाइरेक्सनल इन्डेक्स”हरु सामान्य रहेको छ।
- “अन ब्यालेन्स भल्यूम” ले आज बजारमा विक्रेताको चाप रहेको जनाएको छ।
- नेप्से बढेमा मुख्य प्रतिरोध १३५० देखि १३६० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३३० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार