दुई डीआईजीका लागि ९ एसएसपीको दौडधुप तीव्र, ट्याक रेकर्डमा अधिकारी उत्कृष्ठ
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १८:१३:३४
७ फाल्गुण, काठमाडौं । अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बलमा फेरि दुई डीआईजीको पद रिक्त हुन लागेको छ । ३० बर्षे सेवा अवधिका कारण आगामी फागुन १५ गते विहीवारका दिनदेखि दुईवटा डीआईजीले अवकाश पाउन लागेका हुन् ।
नेपाली सेनाबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका डीआईजीद्धय चिरञ्जीवी अधिकारी र गोविन्द क्षेत्रीले अवकाश पाएपछि सो पदमा बढुवा पाउन एसएसपीहरु बीच तीव्र दौडधुप शुरु भएको छ । खाली हुने दुई डीआईजी पदमा आधा दर्जन एसएसपीहरु मध्य कसलाई बढुवा गर्ने भन्ने विवाद र चर्चा अहिलेदेखि नै सुरु भइसकेको छ ।
ईन्सपेक्टरदेखि एसपीसम्म नै १ नम्बरमा रहेका राजेन्द्रकुमार अधिकारीलाई तत्कालिन कांग्रेस सरकारले धाधँलीपूर्ण रुपले एसएसपी बढुवामा केही पछि पारेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री र बिमलेन्द्र निधि गृहमन्त्री भएका बेला भएको एसएसपी बढुवामा कार्यसम्पादन मुल्याङकनदेखि ट्याक रेकर्डसम्म अब्बल मानिएका अधिकारीको सिनियरिटीमा नियतबस बद्मासी गरिएको थियो ।
आगामी फाल्गुण १५ गते रिक्त हुने दुई डीआईजी पदका लागि ९ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् । केही दिन अघि भएको बढुवामा ५ जना एसएसपीहरु डीआईजी भैसकेका छन् तर सशस्त्र प्रहरी अस्पतालको प्रशासन प्रमुख रहेका एसएसपी हरिश्चन्द्र अधिकारीले अनिवार्य मानिएको स्टाफ कलेज तालिम नगरेका कारण डीआईजी हुनबाट बन्चित भएका छन् । बढुवा कै लागि उनी अहिले उक्त तालिममा व्यस्त छन् ।
अब हुने डीआईजी बढुवामा २०४७ साल माघ १ गते नेपाल प्रहरीको ईन्सपेक्टरमा भर्ना भएका राजेन्द्रकुमार अधिकारी, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई, कमल गिरी, कुलबहादुर नेम्बाङ, राजेन्द्र शाक्य र गणेश ठाडा मगर प्रतिस्पर्धामा रहेका छन् । ईन्सपेक्टरदेखि एसपीसम्म नै १ नम्बरमा रहेका राजेन्द्रकुमार अधिकारीलाई तत्कालिन कांग्रेस सरकारले धाधँलीपूर्ण रुपले एसएसपी बढुवामा केही पछि पारेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री र बिमलेन्द्र निधि गृहमन्त्री भएका बेला भएको एसएसपी बढुवामा कार्यसम्पादन मुल्याङकनदेखि ट्याक रेकर्डसम्म अब्बल मानिएका अधिकारीको सिनियरिटीमा नियतबस बद्मासी गरिएको थियो ।
हाल पोखराको तालिम केन्द्रमा समादेशक रहेका अधिकारीको कार्यसम्पादन मुल्याङकन अब्बल र ट्याक रेकर्ड उत्कृष्ठ रहेको बताइन्छ । अंग्रेजी भाषामा राम्रो दखल भएका अधिकारी ईन्फेन्ट्री तथा अपराध अनुसन्धान र विश्लेषण लगायतको पुलिसिङ कार्यमा अब्बल मानिन्छन् । सयुक्त राष्ट्र संघको शान्ति मिशनमा ४ पटक सहभागी भैसकेका अधिकारीले अमेरिका, चीन तथा इटाली लगायतबाट उच्चस्तरको विभिन्न तालिम समेत प्राप्त गरिसकेका छन् । समकालिन अन्य प्रतिस्पर्धीहरु विदेश मिशनको छनौटमा फेल हुँदा उनी सधैं पास हुने गरेका छन् । अब हुन लागेको बढुवामा केही प्रतिस्पर्धीहरु फड्को मारेर अगाडि जाने दाउमा रहेपनि सरकारले निष्पक्ष मुल्याङकन गर्दा अधिकारी बढुवामा पर्ने निश्चित प्राय छ । उनलाई संगठन प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि राम्रो र सक्षम अफिसरका रूपमा लिने गर्दछन् ।
त्यस्तै आगामी मंसिरमा केही दिनअगाडि डीआईजी भएका कृष्णभक्त ब्रह्माचार्य, हरिशंकर बुढाथोकी एवं पहिले नै डीआईजी भईसकेका नगेन्द्र थापा र कविन्द्रमान श्रेष्ठ अवकाशमा पर्नेछन् भने एसएसपी राजेन्द्र शाक्य र हरिश्चन्द्र अधिकारी पनि ३० वर्षे सेवा अवधिका कारण आगामी मंसिरमा नै अवकाश हुँदैछन् । नगेन्द्र थापा र कविन्द्रमान श्रेष्ठ यसअर्थमा पनि भाग्यमानी हुन् कि उनीहरूले दोहो¥याएर बाहिनीपति चलाउन पाइरहेका छन् । सुदूरपश्चिममा रहेका नगेन्द्र थापा अहिले १ नम्बर प्रदेशमा छन् भने तत्कालीन मध्यक्षेत्र पथलैयामा कार्यरत कविन्द्रमान श्रेष्ठलाई अहिले गण्डकी प्रदेशको बाहिनीपतिको जिम्मेवारी दिइएको छ ।
सशस्त्रमा हालैमात्र ५ जना एसएसपीहरू डीआईजीमा पदोन्नति भएका थिए । पदोन्नतिसँगै उनीहरूको पदस्थापन पनि गरिएको छ । केही दिनअगाडि डीआईजी बनेका कृष्णभक्त ब्रह्माचार्यलाई ३ नम्बर प्रदेशमा पदस्थापन गरिएको छ । ३ नम्बर प्रदेशका चिरञ्जीवी अधिकारी फागुन १५ गते अवकाश हुने भएपछि उनको सरुवा ३ नम्बर प्रदेश गरिएको हो । त्यसैगरी हरिशंकर बुढाथोकीलाई सुदूरपश्चिमाञ्चल क्षेत्रको बाहिनीको जिम्मेवारी दिइएको छ । राजेन्द्र बस्नेतलाई सानोगौचरणस्थित स्टाफ कलेजको जिम्मेवारी दिइएको छ भने इञ्जिनियर विश्व प्रधान र वंशीराज दाहाललाई मुख्यालयमा नै राखिएको छ । स्टाफ कलेजका प्रमुख डीआईजी प्रवीणकुमार श्रेष्ठलाई महानिरीक्षकको सचिवालयमा ल्याई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार