पुरानो सामसुङ फोन छ ? छ भने साट्नुहोस् र नयाँ लिनुहोस् (फोन पाउने ठाउँसहित)
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बिहिबार १:४२:५९
७ फागुन, काठमाडाैं । सामसुङ मोबाईलका लागि आधिकारिक विक्रेता, इन्ट्रीगेटेड मोविलिटी सोलुशन (आईएमएस)ले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरूमहरूमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना सामसुङ स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् साथै यस सुविधा मार्फत सामसुङ स्मार्टफोन साट्न (एक्सचेन्ज) गर्न सक्नेछन् ।
इच्छुक ग्राहकहरूले केवल आईएमएस स्मार्ट आउटलेटहरूमा गएर आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेवपोर्टल मार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य रहेको बताएको छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसुङ स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट गर्न सक्नेछन् ।
तत्काल निम्न आईएमएस स्मार्ट शोरूमहरूमा एक्सचेन्ज सुविधा उपलब्ध गराइएको छ :
१. न्यूरोड, पाको, काठमाडौं
२. रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर
५. शेर्पा मल, दरवारमार्ग, काठमाडौं
६. पिपलबोट चोकको नजिक, बौद्ध, काठमाडौं
कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष दीपक मलहोत्राका अनुसार यो सुविधा ग्राहकको माग बमोजिम नै ल्याइएको हो । सामसुङ फोन प्रयोग गर्ने धेरै प्रयोगकर्ताले दिएको सुझाव र सल्लाह अनुरुप नै नयाँ वर्ष २०२० को आगमन सँगै यो सुविधा लिएर आएको उनले बताए । आईएमएस ग्रुप नेपालमा छोटो समयमा नै व्यापार विस्तार गर्दै स्थापित बनेको संगठन हो ।
जसको २० वटा भन्दा बढि कम्पनी रहेको छ । आईएमएस नेपालको लागि सामसुङ स्मार्टफोनको राष्ट्रिय स्तरको विक्रेता हो । साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा मोवाइल आयात गर्ने पहिलो कम्पनी पनि हो । विगत २७ वर्षको अन्तरालमा यो कम्पनीले विविध क्षेत्रहरुमा लगानी बढाउँदै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार