दोलखा भीमसेनलाई अचानक खल्खली पसिना, देशमा ठूलै अनिष्टको संकेत
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार १७:५५:३९
८ फाल्गुण, दोलखा । प्रसिद्ध तीर्थस्थल दोलखा भीमसेनको मूर्तिमा आज बिहीबार एकाबिहानै खल्खली पसिना आएको छ । बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि दोलखा भीमसेनको मूर्तिमा ‘पसिना’ आएको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । मूर्तिमा ‘पसिना’ आएको याे १७ औं पटक हाे । दोलखा भीमसेनको मूर्तिमा पसिना आएपछि देशमा ठुलो अनिष्ट हुने धार्मिक विश्वास रहीआएको छ ।
खासगरि राजा वीरेन्द्रको वंशनाश हुने गरि दरवार हत्याकाण्ड पूर्व दोलखा भीमसेनमा पसिना आएपछि यसको चर्चा चुलिएकोे हो । त्यस्तै ०७२ सालको महाभूकम्प अघि पनि दोलखा भीमसेनमा पसिना आएपछि जनस्तरमा दोलखा भीमसेन प्रति अधिक विश्वास रहन गएको छ । भीमसेनलाई पसिना आएपछि राष्ट्रप्रमुखबाट क्षमापुजा गर्ने प्रचलन छ ।
मन्दिरको मूर्तिमा पसिना आएको हल्ला व्यापक बनेपछि बिहानदेखि नै मानिसहरुको घुइँचो लागेको छ । देशमा फेरि कुनै अनिष्ट नहोस् भनी उनीहरुले क्षमापुजासहित कामना गरिरहेका छन् । मन्दिरका पुजारीले अहिले एकोहोरो दमाहासमेत बजाईरहेका छन् । दोलखा भीमसेनको मूर्तिमा पसिना आउनासाथ राष्ट्रप्रमुखले क्षमापूजा गर्ने प्रचलन रहेको छ ।
यसअघि २०७४ सालको असोजमा पनि दोलखा भीमसेनलाई पसिना आएको थियो । दोलखा भीमसेनलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पूजासामग्रीसहित क्षमा पूजा गरिएको थियो ।
दोलखा भीमसेनलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले दोलखा भीमसेनमा क्षमापूजा गरिएको थियो ।
उक्त क्षमापूजामा लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ । सरकारका तर्फबाट र स्थानीयवासीको तर्फबाट दुई–दुईवटा बोका बलि दिनुपर्ने प्रचलनअनुसार बलिपूजा गरिन्छ । बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार