राजीनामा देउ ओली
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार २१:१३:२०
सम्पादकीय
९ फागुन, काठमाडौं । एकदशक अघिसम्म पत्रकारिता क्षेत्रमा सक्रिय गोकुलप्रसाद बाँस्कोटाको पछिल्लो हैसियत बडेमानको नेतामा रुपान्तरण भइसकेको थियो । कतिपयलाई लागेको थियो – नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीका राजनीतिक उत्तराधिकारी नै कतै गोकुल पो हुने त हैनन् ।
हुन पनि ओलीका सबैभन्दा विश्वासपात्रका रुपमा गोकुल देखिएका थिए । विश्वास यति थियो कि ओलीले आफ्नो निजी निवास कुर्ने जिम्मासमेत उनलाई नै दिएका छन् । यस अवधिमा ओलीले गोकुललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी दिए । यो धेरै वरिष्ठ नेताहरुलाई पचेको थिएन । तर ओलीको निर्णयका अगाडि सबै चूपचाप । एक महिना अघि संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त रहेको शहरी विकास मन्त्रालय समेत ओलीले तिनै गोकुललाई थपिदिए । जसले गर्दा गोकुल एकाएक ठूला नेताको हैसियतमा दरिए ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा गोकुललाई राजीनामा गराएपछि यो प्रकरण समाप्त हुन्छ भन्ने बुझाई प्रधानमन्त्री ओलीको रह्यो । तर यो प्रकरणमा गोकुलले स्वयं ओलीलाई नराम्ररी फसाई दिएको प्रसंग चाहिं बुझेनन् वा बुझ्ने चेष्टा गरेनन् । राजीनामा दिएपछि राजनीतिक परिवेश दुरुस्त हुन्छ भन्ने ओलीको सोच विस्तारै महंगो बन्दै छ । यो प्रकरणले ओलीलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यो प्रकरणमा सत्यतथ्य छानविन गरी दोषी उपर कारबाही गरियोस् भन्दै संसद् अधिवेशन अवरुद्ध गर्दै छ ।
तर कुनैपनि चीज जुन रफ्तारमा जान्छ, त्यही रफ्तारमा फर्कन्छ भन्ने न्यूटनको सिद्धान्त यहाँ लागू भयो । एकदशकको अवधिमा गोकुलको चुलिएको व्यक्तित्व त्यही स्वरुपमा सिद्धिएको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपियाँको मोलमोलाई गरेकाे श्रव्य सञ्चारमाध्यममा डंढेलो झैं सल्किएपछि गोकुलको गोकुलधाम नै हल्लियो । अनि तासको घर झैं गल्र्याम्मै ठल्यो । उनी फेरि पुरानै ‘गोकुले’को हैसियतमा आइपुगेका छन् । यो प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएर मात्रै उन्मुक्ति पाउने अवस्थासमेत रहेन । थप छानविन हुने त स्वभाविकै हो । सँगसँगै आफ्नै राजनीतिक गुरुबा ओलीको नियतसमेत उदांगो बनाइदिएका छन् । जसले गर्दा ओलीको छटपटी बढको छ ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा गोकुललाई राजीनामा गराएपछि यो प्रकरण समाप्त हुन्छ भन्ने बुझाई प्रधानमन्त्री ओलीको रह्यो । तर यो प्रकरणमा गोकुलले स्वयं ओलीलाई नराम्ररी फसाई दिएको प्रसंग चाहिं बुझेनन् वा बुझ्ने चेष्टा गरेनन् । राजीनामा दिएपछि राजनीतिक परिवेश दुरुस्त हुन्छ भन्ने ओलीको सोच विस्तारै महंगो बन्दै छ । यो प्रकरणले ओलीलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यो प्रकरणमा सत्यतथ्य छानविन गरी दोषी उपर कारबाही गरियोस् भन्दै संसद् अधिवेशन अवरुद्ध गर्दै छ । प्रतिपक्षी मात्र होइन, सत्तापक्ष मै भूसको आगो सल्किएको छ ।
बाहिर धेरै बोल्न नमिलेपनि यो प्रकरणले शीर निहुरिएको चर्चा नेता कार्यकर्ता तहमा जमेर हुने गरेको छ । त्यसैले यो प्रकरणलाई ठूलै मुद्धा बनाइनु पर्छ भन्ने कोठे बैठक झाँग्गिने क्रममा छ । पार्टीको साख जोगाउने हो भने यो प्रकरणमा निर्मम हुनुपर्ने भावना र धारणा धेरैमा रहेको छ । यसबारे बालुवाटारले राम्रो जानकारी पाएको छ । त्यसैले नयाँ रणनीति बनाएर जानुपर्ने पक्षमा बालुवाटार गृहकार्य गरिरहेको देखिन्छ ।
ओलीले राम्रैगरी बुझिसकेका छन् अब यो प्रकरणले नयाँ आकार लिने र आफैंलाई आक्रमण हुने छ । पार्टी भित्र पनि उनै गोकुलका कारण धेरैको चित्त दुखाएका छन् ओलीले । त्यो सबै भडास यही प्रकरणमा छताछुल्ल हुने ओलीले देखिसकेका छन् । धर्मपुत्रका रुपमा रहेका गोकुलको राजनीतिक भविष्य त सकिने देखियो नै ।
प्रधानमन्त्री ओली ७० करोडको घूस मोलमोलाई प्रकरणमा प्रत्यक्ष जोडिन पुगेका छन् । स्वीस कम्पनीका नेपाली दलाल विजयप्रकाश मिश्रसँग घूसको मोलमोलाई गर्दै गोकुलले हामीलाई कति आउँछ भनेर सोध्नु नै ओलीको संलग्नताको बलियो प्रमाण हो । हामी भन्ने शव्दले प्रधानमन्त्री वा पार्टीको संग्लङता भन्ने बुझ्न सहज बनाइ दिएको छ । अर्काे गम्भिर पक्ष भनेको यो प्रकरण प्रधानमन्त्रीलाई धेरै पहिल्यै थाहा थियो । आरोपी मिश्रले सार्वजनिक रुपमै भनेका छन्, गोकुलसँगको वार्तालापको उक्त टेप दुई महिना अगाडि नै प्रधानमन्त्री ओलीलाई दिइसकेको हो । ओलीले सबै हेरे पनि गोकुललाई कुनै कारबाही गरेनन्, बरु पुरष्कृत गरे । यसको स्पष्ट सन्देश होः– यो प्रकरणमा ओली स्वयं संलग्न छन् ।
यो तर्कलाई पुष्टी गर्ने अर्काे आधार भनेको ओलीले भर्खरै मात्र पनि गोकुललाई देशकै सबैभन्दा नैतिकवान नेताका रुपमा प्रस्तुति रहेको छ । चार दिन अघि मात्रै काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा ओलीले गोकुलको मुक्तकण्ठले तारिफ गरेका हुन् । ओलीले भनेका थिए :–राजनीतिक तुलोमा जोख्दा अरु एकातिर गोकुल एकातिर । यसैबाट पनि प्रधानमन्त्री ओलीको भ्रष्ट र भ्र्ष्टाचारप्रतिको सच्चा दृष्टिकोण छर्लङ्ग हुन्छ ।
ओलीले राम्रैगरी बुझिसकेका छन् अब यो प्रकरणले नयाँ आकार लिने र आफैंलाई आक्रमण हुने छ । पार्टी भित्र पनि उनै गोकुलका कारण धेरैको चित्त दुखाएका छन् ओलीले । त्यो सबै भडास यही प्रकरणमा छताछुल्ल हुने ओलीले देखिसकेका छन् । धर्मपुत्रका रुपमा रहेका गोकुलको राजनीतिक भविष्य त सकिने देखियो नै ।
साथै यही प्रकरणबाट आफ्नो समेत पद धरापमा पर्ने बुझाई ओलीको रह्यो । हिजो राति अबेरसम्म यस विषयमा उनले आफू निकट नेताहरुसँग छलफल गरेका थिए । ७० करोड घूसकाण्डले आफूलाई समेत तान्न सक्ने बलियो संभावना देखेपछि उनको रणनीति फेरिएको छ । अब अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ नपाउने हो घेराबन्दीमा पर्ने ठम्याई उनी पक्षको रहेको छ ।
पार्टीभित्र प्रचण्डलाई मिलाएर यो काण्ड थामथुम पार्न खोजेपनि उनको संलग्नता प्रत्यक्ष रुपमा देखिएको छ । दुई महिना अगाडि नै जानकारीमा आइसकेको विषयलाई उनले दवाउन खोजेकै हो । त्यसको मतलव स्पष्ट छ, उनी पनि यो प्रकरणमा कुनै न कुनै रुपमा संलग्न छन् । उनले गोकुललाई राजीनामा गराएकै भरमा यसबाट उन्मुक्ति पाउने कुरै छैन ।
पूर्व एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल मात्र नभई वामदेव गौतमसमेत ओलीको कटु आलोचक रहेको ओलीलाई भलिभाँती ज्ञात छ । यो अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे साँझ लामै छलफल हुँदा प्रचण्डको साथ लिएर अगाडि बढ्नुपर्ने निश्कर्ष निकालिएको छ । सोही बमोजिम आज बिहानै ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।
बालुवाटार स्रोत भन्छ– प्रधानमन्त्री ओलीले अब अर्का अध्यक्ष प्रचण्डको साथ नलिई उपाय छैन । त्यसका लागि भर्खरै अदालतबाट सफाई पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई जिम्मेवारी दिने तयारी भएको छ । त्यसवापत ७० करोड घूस प्रकरणलाई धेरै नचर्काउने र यो विषयमा कुरा उठे प्रचण्डले साथ दिने शर्त राखिएको छ ।
अब मुलुकका हरेक क्षेत्र, बर्ग र तप्काबाट ओलीको राजीनामा मागिनु पर्छ । साँच्चै यो देशबाट भ्रष्टाचारको अन्त्य गर्ने हो भने त्यसको सुरुआत ओलीबाटै अनुसन्धान गरेर थाल्नुपर्छ । साथै ओली भ्रष्टाचार विरोधी हुन् भने उनका सन्दर्भमा प्रश्न उठिसकेपछि राजीनामा गरेर बाटो सहज बनाइ दिनुपर्ने हो ।
प्रधानमन्त्री ओली अब सबैतिरबाट घेराबन्दीमा परेको अनुभूति गरेसँगै उनको छटपटी पनि बढेको छ । पार्टीभित्र प्रचण्डलाई मिलाएर यो काण्ड थामथुम पार्न खोजेपनि उनको संलग्नता प्रत्यक्ष रुपमा देखिएको छ । दुई महिना अगाडि नै जानकारीमा आइसकेको विषयलाई उनले दवाउन खोजेकै हो । त्यसको मतलव स्पष्ट छ, उनी पनि यो प्रकरणमा कुनै न कुनै रुपमा संलग्न छन् । उनले गोकुललाई राजीनामा गराएकै भरमा यसबाट उन्मुक्ति पाउने कुरै छैन । जब उनीमााथि नै प्रश्न उठेको छ भने सत्यतथ्य पत्ता लगाउन मार्ग प्रसस्त गर्नु चाहिं लोकतन्त्रको सौन्दर्य हो ।
प्रधानमन्त्रीको जानकारीमा रहेको विषयलाई दबाउन खोज्नु भनेको अझै ठूलो भ्रष्टाचार हो, त्यसैले ओृलीले तत्कालै राजीनामा दिएर यो प्रकरणलाई जनता माझ स्पष्ट गर्ने मौका दिनै पर्छ । यो आवाज अब सम्पूर्ण मुलुकले उठाउनु पर्ने अवस्था छ । न केवल नेपाली कांग्रेस स्वयं नेकपाका नेता कार्यकर्ताले समेत ओलीको नक्कली भ्रष्टाचार विरोधी अनुहार हेर्न जरुरी छ । गोकुल प्रकरण त एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता दर्जनौं प्रकरणमा प्रधानमन्त्री ओलीको संलग्नताको प्रश्न विगतमा पनि उठेकै हो ।
यति होल्डिङ्स प्रकरणमा त अझै ठूला घोटला भएका कुरा आम सञ्चारमाध्यममा पटक पटक उठिसकेका हुन् । त्यसैले प्रचण्डको साथ लिएर यो मामला रफादफा गर्छु् भन्ने ओलीको सोच नै राजनीतिक रुपमा हुने अर्काे अपराध हो । ओलीका हरेक पक्ष दोहाेरो हुन्छन् । सत्तामा आउन उनी जस्तो सुकै नाटक मञ्चन गर्न तयार हुन्छन् । विगतमा भारतले लगाएको नाकाबन्दीका बेला उनले देखाएको नक्कली राष्ट्रबादी मुकु०डाे उघारिन धेरै समय लागेन । आइफा र तरकारी फलफुलमा विषादी परिक्षण काण्डबाट उनको सक्कली अनुहार नेपाली जनताले राम्रै गरी देखे ।
साथै, उनको भ्रष्टाचार विरोधी उनको नारा पनि अब जनताबीच उदाङ्गो हुँदैछ । ओली यो मुलुकको भ्रष्टाचार शीरोमणि हुन् भन्ने कुरा विस्तारै स्पष्ट भइरहेको छ । गोकुललाई बचाउने मात्र नभई आफ्नो पोल नखुलोस् भन्ने उनको चाहनाले साकार रुप धारण गर्न सहज छैन ।
त्यसैले अब मुलुकका हरेक क्षेत्र, बर्ग र तप्काबाट ओलीको राजीनामा मागिनु पर्छ । साँच्चै यो देशबाट भ्रष्टाचारको अन्त्य गर्ने हो भने त्यसको सुरुआत ओलीबाटै अनुसन्धान गरेर थाल्नुपर्छ । साथै ओली भ्रष्टाचार विरोधी हुन् भने उनका सन्दर्भमा प्रश्न उठिसकेपछि राजीनामा गरेर बाटो सहज बनाइ दिनुपर्ने हो । नेपाली कांग्रेसले अब आफ्नो एक सूत्रीय अभियानका रुपमा यो माग र मुद्धालाई बोक्नु पर्छ । अनि मात्र देशमा भ्रष्टाचार न्यूनीकरणमा थोरै भएपनि बल पुग्ला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार