बाँस्कोटालाई तत्काल पक्रन माग, ओलीको निजी निवाससमेत शंकाको घेरामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार २३:२६:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/balkot-durbar-oli_DgdHd4nYek.jpg)
९ माघ, काठमाडौं । फागुन ७ गते पश्चिम नेपालको कोहलपुरबाट गोरखापत्र दैनिकले प्रकाशन थाल्ने कार्यक्रमको शुभारम्भ गर्न पुगेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषण गर्दै भनेका थिए :– यो सरकार भ्रष्ट र भ्रष्टाचारीलाई कुनै हालतमा पनि उन्मुक्ति दिने पक्षमा छैन ।
बालुवाटार जग्गा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनावश्यक बखेडा झिकेको भन्दै बालुवाटार प्रकरण-२ पनि सार्वजनिक हुने भन्दै सञ्चारकर्मीलाई लामै पाठ पढाए । उनको भाषणको वाहवाही गर्ने काम्रेडरुपी पत्रकार उल्लेख्य थिए । भोलिपल्ट बिहानै मन्त्री बाँस्कोटाले ७० करोड घूसको मोलमोलाई गरेको अडियोसहितको समाचार सार्वजनिक भयो ।
मन्त्री पनि समाचार आएको चाल पाएपछि तुरुन्तै काठमाडौं जानुपर्ने भयो । नेपालगञ्जमा पत्रकारहरु भने विभिन्नखाले लख काट्दै थिए । काठमाडौंका लागि उड्ने तयारीमा रहेका बास्कोटाले सञ्चारकर्मीलाई भन्दै थिए :– नखाएको बिष लाग्दैन, एक दुई दिन मज्जा लिन दिनुहोस्, केही फरक पर्दैन । श्रव्यसहितको समाचार सार्वजनिक हुँदासमेत बाँस्कोटाको दम्भ घटेको थिएन । लाग्थ्यो यो उनलाई फसाउने षडयन्त्र मात्रै हो ।
कतिपय पत्रकारहरु त भन्दै थिए :– यो अहिलेको प्रविधिको दुरुपयोग गरेर बनाइएको भ्वाइस मात्रै हो । तर अवस्था त्यस्तो थिएन । काठमााडौं अवतरण भए लगत्तै उनी प्रधानमन्त्री निवास बालुवाटार हानिए । प्रधानमन्त्री खड्गप्रसाद ओलीले बढो न्याउरो अनुहार बनाएर राजीनामा मागे । एकछिन त बाँस्काटा अलमलमा परे । अनि भने :– पार्टीका लागि गरेको कामको जिम्मेवारी मैले मात्रै लिने ?
प्रधानमन्त्री ओलीले भने :– धेरै कुरा पछि गरौंला, अहिले तिमी सूर्य (प्रमका प्रेस सल्लाहकार सूर्य थापा) को गाडी चढेर घर जाउ । मन भारी बनाएर बाँस्कोटा बालकोटस्थित ओलीको निजी निवास कुर्न गए । यति गर्दा अरु सबै कारबाहीबाट उन्मुक्ति पाउने उनको विश्वास विस्तारै धुमिल हुँदैछ ।
अख्तियारले देखाउनै भएपनि बाँस्कोटाको मन्त्रालयमा रहेका दराजलाई शिलबन्दी गरेको छ । तर बाँस्कोटाविरुद्ध उपलव्ध प्रमाण भन्छ :– उनलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउनु पर्छ । प्रधानमन्त्री ओलीका किचन क्याबिनेका पुल्पिुलिएका मन्त्री भएकाले उनले आफू विरुद्धको प्रमाण नष्ट गर्न सक्छन्, त्यसैले उनलाई तत्काल पक्राउ गर्नु आवश्यक छ :– प्रजातान्त्रिक कानून व्यावसायी संघ डीएलएका अध्यक्ष योगेन्द्र अधिकारी भन्छन् ।
यस्तो गम्भिर र संवेदनशील विषयमा छानबीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्यतथ्य छानबीन गर्न बाँस्कोटालाई तत्कालै पक्रनु पर्छ । तर अख्तियारको कार्यशैली हेर्दा लाग्दैन, बाँस्कोटा पक्राउ पर्लान् :– अध्यक्ष अधिकारी भन्छन् प्रधानमन्त्रीको छाया बनेको अख्तियार प्रमुखले त्यो आँट गर्ने सम्भावना ज्यादै न्यून छ ।
हिजो राजीनामा दिएका मन्त्रीको कार्यकक्षमा गएर छापा मारेको नाटक मञ्चन गर्ने आयोगले ओलीको निजी निवासमा समेत छापा मार्न सक्नुुपथ्र्याे, किनकी त्यहाँ बाँस्कोटा बस्ने गरेका छन् । किचन क्याबिनेटका पावरफुल मन्त्री बस्ने निजी निवाससमेत अहिले शंकाको घेरामा तानिन पुगेको छ । साँच्चै भ्रष्टाचार विरोधी अभियानमा अख्तियार सकृय हो भने बाँस्कोटालाई पक्रेर छानबीन गरोस् अनि मात्र पत्याउन सकिन्छ अर्का अधिवक्ता सुनील पोखरेल भन्छन् ।
यो प्रकरणमा बाँस्कोटा मात्र नभई सिंगो सरकार संलग्न भएको देखिन्छ, त्यसलाई प्रष्ट्याउनसमेत अख्तियार निष्पक्ष देखिनु पर्यो – अधिवक्ता पोखरेलले भने । बाँस्कोटालाई नथुन्ने हो भने उनी विरुद्धका सबै प्रमाण नष्ट हुन सक्छन् , त्यसैले तत्काल पक्राउ गर्नुपर्ने बताउँछन् पोखरेल । एक दुई हजार घूस खाएकाहरुलाई स्टिङ अपरेसन गराएर खरदार सुब्बा पक्राउ गर्ने अख्तियारले साँच्चै हिम्मत गर्ने हो भने अहिले मौका छ – डीएलए अध्यक्ष अधिकारी भन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
गोप्य सूचना संकलन ‘खुला अन्तरक्रिया’ नगरकोटबाट शुरु हुँदै
असार १५, २०८१ शनिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा छलफल
असार १८, २०८१ मंगलबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्न कांग्रेसले बोलायो राप्रपासहितका साना दल
असार १८, २०८१ मंगलबार
ग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
असार १८, २०८१ मंगलबार