रुञ्चे सरकार र बिरामी नेतृत्वबाट खतरा !
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शनिबार ०:४९:०
♦ यज्ञप्रसाद भट्टराई
९ फागुन, काठमाडौं । नेपालको संसद भवनमा श्रीस्वस्थानी माताको कथा प्रसंगको प्रवेशसंगै विभिन्न अप्रिय घटनाहरुको पर्दाफास हुनेक्रम रोकिएको छैन । धर्मशास्त्र अनुसार पहिला १२ बर्षमा पापको घडा फुट्थ्यो रे, अहिले १२ घण्टा पनि लाग्न छोडिसकेको छ ।
प्रंसङ्ग श्रीस्वस्थानी माताको कथाका पानाहरु च्यात्ने हैन बिस्तारै अध्यायहरु थपिने क्रम बढन थालेको छ । संसद भवनमा जनताले जिताएर पठाएका जनताका प्रतिनिधिहरु अहिले राष्ट्रिय योजना, जनताका चासो, समस्या र देशको कानूनको बिषयमा भन्दा बढी सांसदहरु धर्मशास्त्रका बिषयमा खुलेर बहस गर्न थालेका छन् । अब संसद भवनमा धर्मशास्त्रसंगै सरकारका कर्मकाण्डका अध्यायहरुसमेत थपिदै जाने अवस्था सृजना भएको छ ।
अहिलेको जल्दोबल्दो बिषय भनेको सरकारका प्रबक्ता तथा सूचना प्रबिधि तथा सञ्चारमन्त्रीको सेक्यूरिटी प्रेस खरिद प्रकरण सतहमा आएको देखिन्छ । समाचारमाध्यममा आए अनुसार सूचना प्रबिधि तथा सञ्चारमन्त्रीको कोठामा पस्नै लाग्दा ढोकामा नै ठूला अक्षरमा लेखिएको छ रे “म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार पनि हुन दिन्न” भन्ने श्लोगनले भने गोकुलप्रसाद बाँस्कोटालाई अब उनको बाँकी जीवनभरी गिज्याईरहने छ ।
मैले यो समाचार लेखिसक्दासम्म संभवत संसद भवनमा सांसदहरुले श्रीस्वस्थानी माताको ब्रतकथामा अर्को अध्याय थपिसकेका हुनेछन् कि ईती श्री कमिशन पुराणे घर कुरुवा बाल्कोट खण्डे गोकुलधाम बिजयी यात्रा बर्णने फाल्गुण मासे ७० करोड बार्गेनिंग पर्दाफासे द्धितिय अध्याय समाप्तम् ।
अहिलेसम्म नेपालमा कोरोना भाईरस नभित्रिएको पर्यटनमन्त्रीको भनाईलाई सलाम गर्दै त्यो भन्दा पनि खतरनाक करोडौं कमिशन भाईरस भने जताततै भित्रिएको समाचार बजारमा आउन शुरु भैसकेको छ । कोरोना भाईरसले कुनै एक क्षेत्र, केही ब्यक्तिलाई असर गरेतापनि करोडे भाईरसले व्यक्ति, राजनैतिक दल, सरकार र सिंगो मुलुकलाई नै तहसनहस बनाउने कुरा भने पक्का रुपमा भएको छ ।
गोकुल बाँस्कोटाले संसद भवनमा दिएको भाषणमा “कुरा के हो भने भ्रष्टाचार गर्ने बानी आपनो नपरेको र नगर्ने संकल्प गरेको हुनाले त्यसतर्फ आपनो कुनै रुचि रहेन” भन्ने भनाईलाई कति चाडो बिसर्न पुगे भन्ने बिषय मात्र हैन नेताहरुले जनताहरुलाई दिएका तमाम आश्वासन यस्तै धोकाधढी मात्रै हुन भनेर जनताले बुझन अब पनि ढिला गरे देशप्रति नै अन्याय गरेको ठहरिने छ ।
भ्रष्टाचार बिरुद्धको शुन्य शहनशिलता आपनै घरबाट शुरु गर्ने प्रधानमन्त्रीको सार्वजनिक उदघोषमा फेरि एकपटक डिसब्रेक लागेको छ । आफ्नै घर कुरुवाबाट करोडौं रुपैयाँको चलखेलले बालुवाटार र बालकोट बीचको कनेक्सन सतहमा ल्याईदिएको छ । यसमा समाचारमाध्यममा आएजस्तो प्रधानमन्त्रीको समेत संलग्नता रहेको कुरा असत्य सावित होस् । भगवानसँग प्रार्थना गर्नु सिवाय अरु केही गर्नसक्ने क्षमता अब नागरिकसँग रहेन । मुलुक चलाउने ड्राईभरले नै कण्डक्टरको काम गर्न थालेपछि यात्रा सुनिश्चित हुनेमा भने शंका गर्ने प्रशस्तै ठाउहरु देखिएका छन् ।
वर्तमान नेपालको राजनैतिक परिदृष्यलाई नियाल्दा जनताले अपराधी-भ्रष्टाचारीलाई भोट हाल्ने र ज्यानमाराको ठेकेदारलाई सलाम ठोक्नु पर्ने अवस्था सृजना भएको छ । जनताको मतले सिंहदरबार र बालुवाटार छिर्न पाएका ब्वाँसाहरुलाई घरजम गरिदिने र धनमाल जोहो गरिदिनकै लागि मात्रै लोकतन्त्र र गणतन्त्र ल्याई दिएका हुन त नेपाली जनताले ??
यदी जनताको नै यस बिषयमा मौन स्वीकृति लक्षणम हो भने यस्तो गणतन्त्र हामीलाई चाहिदैन भनेर भन्न पाउने कि नपाउने ?? यदि मुलुकका योजना तथा परियोजनाहरुमा मन्त्री, प्रधानमन्त्रीनै कमिशनको सेटिंग मिलाउन लाग्ने हो भने जाबो २/४ हजार भ्रष्टाचार गरेकै अभियोगमा पियन र खरदार समातेको नाटक मञ्चन किन गर्नुपर्यो अख्तियारले ???
भो अब धेरै धाक र धक्कु नलगाउ जनयुद्धको । तिम्रा फोस्रा आश्वासनले जनता आजित भैसकेका छन् । जनतालाई आश्वासनका पोका बाँडेर आफु करोडौंका खोका कुम्लयाउने छिः कस्तो नेतृत्व छानेछन् नेपाली जनताले ?? रुञ्चे सरकार र बिरामी नेतृत्वले भ्रष्ट ब्यक्तिलाई चोख्याउन तुलामा राखेर तौलिने अभियानको पर्दाफास संगै जनताले यस्तो नेतृत्वबाट अब देश अगाडि बढन सक्दैन भन्ने निष्कर्षमा पुग्न लागेको देखिन्छ ।
कर्तब्य, निष्ठा, जिम्मेबारी र समर्पणमा नेपाली जनताको काममा हिउँद, बर्षा, पानी, झरी, घाम, तुसारो केहीँ नभनी रातोदिन खटने राष्ट्रसेवक कर्मचारी कुनै भ्रष्ट मन्त्रीको …. जी हुन सक्दैनन् । यदि कुनै शुरो राष्ट्रसेवक कर्मचारीको फेला पर्यो भने यस्ता ….. जी पूर्व मन्त्रीलाई कुनबेला सुलेमानी बनाईदिन्छन् ?? त्यो चाहीँ थाहा हुँदैन है ।।
जनताका क्रिया–प्रतिक्रिया पढेर त्यहि क्रिया प्रतिक्रियालाई ईस्यू बनाएर सभा सम्मेलनमा दर्शक हसाउने नेतृत्व बर्गलाई हेक्का हुनुपर्ने हो, ती सभा सम्मेलनमा आउन लाग्ने खर्च जनताले तिरेको कर हो भनेर । सरकार आफै आक्रामक रुपमा जनतामा जाईलाग्न थाल्नुको पछाडि के कारण हुनसक्छ ?? अब जनताले यसको पनि सुक्ष्म अध्ययन गरेर प्रतिबेदन तैयार पार्दैछन् ।
नेपाली जनताले स्पष्ट बहुमत प्राप्त सरकारबाट यस्तो घटिया ब्यवहारको आशा राखेका थिएनन् । तिम्रा यी र यस्तै धम्की र कपटपूर्ण ब्यवहारले अब नेपाली जनतालाई केही लछारोपाटो लगाउन सक्दैन भन्ने कुरा चाहीँ पक्का भैसकेको छ । भलै तिम्रा अरिंगाल र घरकुरुवा गोठालाहरुले कसैकसैलाई मुक्कामुक्की कर्मकाण्ड गराउन भने सकौंला ।
त्यो भन्दा पर तिम्रो असलियत बालुवाटारमा बासुरी र सिनामंगलमा (एयरपोर्ट) सुन तस्करी भन्दा माथि उठन सक्दैन । सुनलाई पित्तल बनाउने तिम्रा कालिगढी हनुमानहरु देखि गोरे र मनांगेलाई चोख्याउने बाहेकको कुनै गतिलो काम पनि तिम्रो नेतृत्वमा अब हुनेवाला छैन ।
बोली सुन्दा नेता या मन्त्री नै हो भनेर छुट्याउन नसकिने ब्यक्तिलाई सरकारको प्रबक्ताको रुपमा आसिन हुन पाएका गोकुलले आफु भ्रष्ट भएको पुष्टि त गरेका छन् नै देशको स्थायी सरकारका रुपमा रहेका कर्मचारी प्रतिको प्रतिशोध बितृष्णा र कर्मचारीलाई हेर्ने उनको घटिया र सक्कली अनुहार पनि उधाड्डो पारेका छन् । कुनै पनि कुरालाई नकारात्मक कोणबाट मात्र उठान गर्ने बाँस्कोटालाई सरकारकै आधा भन्दा बढी कर्मचारी रुचाउदैनन् ।
आफ्नो कर्तब्य, निष्ठा, जिम्मेबारी र समर्पणमा नेपाली जनताको काममा हिउँद, बर्षा, पानी, झरी, घाम, तुसारो केहीँ नभनी रातोदिन खटने राष्ट्रसेवक कर्मचारी कुनै भ्रष्ट मन्त्रीको …. जी हुन सक्दैनन् । यदि कुनै शुरो राष्ट्रसेवक कर्मचारीको फेला पर्यो भने यस्ता ….. जी पूर्व मन्त्रीलाई कुनबेला सुलेमानी बनाईदिन्छन् ?? त्यो चाहीँ थाहा हुँदैन है ।।
यदि नेपालमा अझै पनि जिउँदा नेपाली छन् भने भ्रष्टाचार बिरुद्धको अभियान चलाउने अधिकारकर्मीहरु छन् भने, अख्तियारलाई सहयोग गर्ने सहयोगी निकायहरु छन् भने, भ्रष्टाचारमा शुन्य शहनशिलता देखाउने नेपाली जनताको सरकार छ भने आम नेपालीलाई सूचना प्रवाह गर्ने सञ्चारकर्मीहरु छन् भने, अब यो अडियो चोकचोकमा बजाउन सक्नुपर्छ ।
पार्टी भित्र पनि ब्यापक बिरोध खेपिरहेका बाँस्कोटालाई कमिशनका लागि भएको बार्गेनिङकाे अडियो टेपरेकर्ड घाँटीमा अडकिएको माछाको काँडा हुने निश्चित छ । मौका पाउनासाथ आपना बिरोधीहरुलाई सतहभन्दा ४ फिट तलसम्म दवाउन सक्ने बाँस्कोटालाई यसपटक बालुवाटारबाट कस्तो निगाह बक्स हुने हो ?? त्यो चाहि हेर्न बाँकी नै छ । जनताका भोटले मात्तिएका साढेहरुले नेपाल आमाको अस्मिता लुटेको मात्र हैन बीच सडकमा नाड्डो बनाएर आफुले दर्शक भएर मज्जा लिएको जस्तो देखिन्छ । अहिले आएर बिचार गर्दा जनताले यिनीहरुलाई त्यसै अपराधी भनेका हैन रहेछन्, जनतामा मुल्यांकन गर्ने शक्ति अझै बाँकी रहेछ भन्ने आभास हुन्छ ।
गल्ली गल्लीमा बजाउन सक्नुपर्छ । माईक राखेर बजाउन सक्ने हिम्मत गर्नुृपर्छ । केही समय अघि सनराईज खबरमा कुनै एक लेखकले अहिलेको बर्तमान समयलाई नेपालको स्वर्णकाल भन्दै गर्दा बास्तवमा वर्तमान समय स्वर्णकाल नभएर सेटिङ र डेटिङ काल भन्दा कुनै फरक नपर्ला जस्तो लाग्छ ।
सूचना प्रबिधि बिधेयक छिटोभन्दा छिटो पास गराउन तत्कालिन सञ्चारमन्त्री किन अग्रसर थिए भन्ने कुरा र अडियो टेप २ महिना अगाडि नै बालुवाटार पुगेको समाचारलाई मिलाएर हेर्ने हो भने यसबाट पनि थुप्रै सरकारका करुतुतहरु लुकाउन सरकारलाई नै हतारो थियो भन्न सकिन्छ । अहिलेको सेक्यूरिटी प्रेस खरिद प्रकरणले यसै कुरालाई पुष्टि गरेको छ ।
पार्टी भित्र पनि ब्यापक बिरोध खेपिरहेका बाँस्कोटालाई कमिशनका लागि भएको बार्गेनिङकाे अडियो टेप रेकर्ड घाँटीमा अडकिएको माछाको काँडा हुने निश्चित छ । मौका पाउनासाथ आपना बिरोधीहरुलाई सतहभन्दा ४ फिट तलसम्म दवाउन सक्ने बाँस्कोटालाई यसपटक बालुवाटारबाट कस्तो निगाह बक्स हुने हो ?? त्यो चाहि हेर्न बाँकी नै छ ।
जनताका भोटले मात्तिएका साँढेहरुले नेपाल आमाको अस्मिता लुटेको मात्र हैन बीच सडकमा नाड्डो बनाएर आफुले दर्शक भएर मज्जा लिएको जस्तो देखिन्छ । अहिले आएर बिचार गर्दा जनताले यिनीहरुलाई त्यसै अपराधी भनेका हैन रहेछन्, जनतामा मुल्यांकन गर्ने शक्ति अझै बाँकी रहेछ भन्ने आभास हुन्छ । हदभन्दा बढी हर्कत देखाउन थालेपछि अब यस्ता ब्यक्ति, दल र दले, कमिशने बिरुद्ध जनता सडकमा आउनुको बिकल्प बाँकी देखिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार